काठमाडौं- कार्यकक्षमै युवतीमाथि बलात्कार गरेको आरोप लागेका नेपाल प्रहरीका पूर्व डीएसपी राजकुमार खिउजु कारागार चलान भएका छन्।
बिहीबार भएको थुनछेक बहसमा ललितपुर जिल्ला अदालतले खिउजुलाई पूर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकुमार कलाखेतीले जानकारी दिए।
महानगरीय प्रहरी वृत चापागाउँको इन्चार्ज रहेका बेला चारीत्रिक प्रमाणपत्र बनाउन आएकी सेवाग्राही युवतीलाई २०६५ माघ ३० गते बलात्कार गरेको आरोप लागेको छ।
खिउजुले एक सेवाग्राहीलाई कार्यालयमै बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएको थियो।
खिउजुलाई महानगरीय प्रहरी परिसर ललितपुरले लुकिछिपी बसेको अवस्थामा गत फागुन २१ गते भक्तपुरबाट पक्राउ गरेको थियो। उनले गत मंसिरमा राजीनामा दिएका छन्।