बिहीबार, वैशाख १३, २०८१

गुजरातको मुख्‍यमन्त्रीको रुपमा भूपेन्द्र पटेलले लिए शपथ

भारतीय जनता पार्टीका नेता विजय रुपाणीले राजीनामा दिएपछि भारजपाले आइतबार पटेललाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

नयाँ दिल्ली- भारतको गुजरात राज्यको मुख्यमन्त्रीको रुपमा भूपेन्द्र पटेलले शपथ ग्रहण गरेका छन्। भारतीय जनता पार्टीका नेता विजय रुपाणीले राजीनामा दिएपछि भारजपाले आइतबार पटेललाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो। 

triton college

पटेलले सोमबार शपथ ग्रहण गरेका हुन्। शपथ समारोहमा केन्द्रीय गृहमन्त्री अमित शाहका साथै भाजपाका नेता र अन्य प्रदेशका मुख्यमन्त्रीहरु सहभागी भएका थिए। उक्त समारोहमा हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टर, गोवाका मुख्यमन्त्री प्रमोद सावन्त, असमका मुख्यमन्त्री हिमंता विश्वा शर्मा, मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, कर्नाटकका मुख्यमन्त्री बसवराज बोम्मईलगायत उपस्थित भएका थिए।

पटेललाई आइतबार राज्य सभाको दलको नेताको रुपमा चयन गरिएका थिए। नवनियुक्त मुख्यमन्त्री पटेललाई प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। उनले ट्विटरमार्फत भनेका छन्, 'भूपेन्द्र भाईलाई गुजरातको मुख्यमन्त्री पदको शपथ ग्रहण गरेकोमा बधाई । म उनलाई वर्षौदेखि उनले गर्ने कामहरुबाट राम्रोसँग चिन्छु। उनले गुजरातको विकासलाई अगाडि बढाउने छन्।'

प्रधानमन्त्री मोदीले राजीनामा दिएका विजय रुपाणीको पनि तारिफ गरेका छन्। उनले भनेका छन्, "विजय रपाणीले आफ्नो पाँच वर्षीय कार्यकालमा धेरै जनहितका काम गरेका छन्। 

५९ वर्षीय पटेल पहिलो पटक गुजरालतको घाटलोडियाबाट सन् २०१७ मा निर्वाचित भएका थिए। उनी मुख्यमन्त्री बन्‍ने सूचीमा नभए पनि एकाएक उनलाई पार्टीले मुख्यमन्त्री बनाउने निर्णय गरेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

corrent noodles
Metro Mart

प्रकाशित: Sep 13, 2021| 15:30 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।