जनकपुरधाम- भारतबाट आएका एकजनाको धनुषाको जटही नाकामा मृत्यु भएको छ। धनुषाको सहिदनगर नगरपालिका–९ घर भएका वीरेन्द्र यादवको बुधबार बिहान ३ बजे मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए।
उनी भारतबाट मंगलबार जटही नाका आइपुगेका थिए। ‘सुरुमा सामान्य बिरामी भएको कुरा आयो, सशस्त्रले खानेकुरा र पानीको व्यवस्था गरेकाे थियो,’ निरौलाले भने, ‘अचानक स्वास्थ्य बिग्रिएर उनको मृत्यु भयो।’
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको उनले बताए।