काठमाडौं– अफगानिस्तानमा तालिबानले नियन्त्रणमा लिएपछि काबुलमा पहिलोपटक अन्तर्राष्ट्रिय विमान अवतरण गरेको छ। पाकिस्तान इन्टरनेसनलको विमान सोमबार केही यात्रु लिएर काबुल विमानस्थलमा अवतरण गरेको हो।
यो उडानलाई तालिबानले कब्जा गरेपछि पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान भनिएको छ। यद्यपि उद्धारका लागि भने विभिन्न देशले उडान गरेका थिए। मुलुक कब्जमा लिएपछि तालिबानद्वारा ७ सेप्टेम्बरमा नयाँ सरकार घोषणा गरिएको छ।