काठमाडौं – धारीलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा उदयपुरको रौतामाई गाउँपालिका ८ झिरुडाँडा बस्ने ५२ वर्षीय बिष्णु तामाङ रहेका छन्।
तामाङलाई प्रहरीले हत्या अभियोगमा आज बिहान पक्राउ गरेको हो। मादक पदार्थ सेवन गरी तामाङले श्रीमतीलाई धारीलो हतियार प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुर र प्रहरी चौकी सुकौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।