शुक्रबार, वैशाख १४, २०८१

जनकपुरको आइसोलेसनबाट एक जना फरार

प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेका एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित फरार भएका छन्।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

जनकपुरधाम- प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा रहेका एक जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित फरार भएका छन्। कोरोना संक्रमण पुष्टि भएका सर्लाहीका ४० वर्षीय पुरुष आइसोलेसनबाट शनिबार राति १ बजेतिर फरार भएका हुन्।

triton college

सर्लाही, धनकौलका उनी मध्यरातमा प्रहरीलाई छलेर भागेको बताइएको छ। फरार भएका उनको मानसिक सन्तुलन ठीक नरहेको प्रहरीले जनाएको छ।

अस्पतालका कोभिड १९ फोकल पर्सन डा. कुलदीप पण्डितका अनुसार उनको १४ औं दिनको स्वाब संकलन गर्ने तयारी थियो। यसअघि पनि उनी आइसोलेसनबाट भागेका थिए। यसअघि भागेर रातभर गाउँ पुगेका उनलाई फेरि ल्याइएको थियो।

संक्रमण देखिएपछि उनलाई वैशाख ३१ गते आइसोलोनमा भर्ना गरिएको थियो। फरार भएका ती व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ।

प्रकाशित: May 24, 2020| 11:41 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।