बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकार भन्छ- कृषकलाई पास चाहिन्न, प्रहरी भन्छ- पास नभई जान पाइन्न

सरकार भन्छ- कृषकलाई पास चाहिन्न, प्रहरी भन्छ- पास नभई जान पाइन्न

कोरोना भाइरसको महामारीका कारण सरकारले लागू गरेको लकडाउनमा कृषक बर्ग सबैभन्दा बढी मारमा परेको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

काठमाडौं- कृषकसँग न परिचय पत्र हुन्छ न कुनै सरकारी निकायले प्रदान गरेको पास। कोरोना भाइरसको महामारीका कारण सरकारले लागू गरेको लकडाउनमा कृषक बर्ग सबैभन्दा बढी मारमा परेको छ।

triton college

लकडाउनको दुई महिना पुरा भएको छ। नेपाल मात्र होइन विश्व नै लकडाउन छ, कृषक मात्र होइन सबै व्यक्ति, बर्ग लकडाउनमा छन् तर यसको प्रत्यक्ष असर कृषि पेशामा रहेकाहरुमा धेरै देखिएको छ। त्यसमाथि पशुपालन गर्ने कृषकहरु झनै फन्दामा परेका छन्, बन्द गर्न पनि नमिल्ने र खोल्न पनि नपाइने अवस्थाका कारण यस्ता कृषकलाई समस्या धेरै परेको छ।

काठमाडौंको कलंकी नजिकै टर्की तथा ह्याचरी फार्म सञ्चालन गरिरहेका विनोद रिमाल भन्छन्, ‘लकडाउनमा सबै घरमै बसेका छन्, म पनि घरमै छु, तर बाहिर ननिस्किने हो भने टर्की र कुखुरालाई खुवाउने दाना कसरी ल्याउनु, दाना लिन जाउँ भने प्रहरीले हरेक चेक पोष्टमा रोकेर दुःख दिने गरेको छ।’

त्यसो त सरकारले लकडाउनमा यस्ता सवारी साधनलाई पास नचाहिने व्यवस्था गरेको छ।

तर जनताले चिन्ने सरकार नेपाल प्रहरीले पास नभएकालाई राम्रोसँग समस्या सोधपुछ समेत गर्दैन।

corrent noodles
Metro Mart

परिचय पत्र नबोकेका वा सवारी साधनमा कुनै पास नटाँसेका सवारी चालकको प्रहरीले हुर्मत लिन्छ। ‘साइड लगा भन्दै तल्लोस्तरको आदेशबाट पासको खोजी गर्छ, केरकार गर्छ र सजायँस्वरुप घण्टौँसम्म सडक छेउमा उभ्याउँछ, गाडीको साँचो खोस्छ’, सतुङगलका एक कृषकले सामाजिक सञ्जालमा लेखेका छन्।

गत वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउँदै लकडाउनका समयमा थुप्रै प्रकारका कामहरुलाई खुला गर्ने निर्णय गरेको थियो।

कृषकहरुलाई पास नचाहिने, निर्माण सामग्री बोक्ने गाडीहरु निर्वाध चल्न पाउने लगायतका व्यवस्था सरकारले गरेको थियो।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री युवराज खतिवडाले भनेका थिए, ‘सुरक्षाको उपायहरु अपनाएर ढुंगा गिट्टी उत्पादन प्रशोधन गर्न दिइने छ, कृषि तथा पशुपन्छी ढुवानीका लागि पनि खुकुलो पारिएको छ।’

तर सडकमा प्रहरीले यो कुरा सुनेको छैन वा बुझेको छैन।

प्रहरीले कृषकहरुसँग राम्रो व्यवहार गर्दैन। कृषक हो भन्ने खुल्ने परिचय पत्र खोज्छ। तर सबै कृषकसँग परिचय पत्र कहाँ हुन्छ र ?

पशुपालन गरिरहेका कृषकले दाना व्यवस्थापन गर्नुपर्छ, बजार जाँदा न उनीहरुसँग साथमा परिचय पत्र हुन्छ न त पशु बोकेर हिँड्न मिल्छ तर प्रहरीले उनीहरुलाई प्रमाण नभई जान दिँदैन।

कृषकहरुको गुनासो छ, ‘हाम्रो उत्पादन बजार पठाउन त सकेनौँ सकेनौँ, अब पशुपन्छी मर्ने अवस्था आयो, भुस ल्याउन नपाउँदा खोरहरु फोहोर भएर बस्न गाह्रो भयो, त्यसमाथि सरकारको यो हदसम्मको व्यवहारले पीडा दिएको छ।

केही दिनअघि मात्रै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना नै जारी गरेर कृषि तथा पशुपालन क्षेत्रका सवारी साधनलाई पास नचाहिने स्पष्ट पारेको छ।

लकडाउनको समयमा शव बाहन, एम्बुलेन्स, औषधि तथा स्वास्थ्य सामग्री, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ तथा तयारी माल वस्तु, पेट्रोलियम पदार्थ, खाद्य वस्तु तथा पशुपन्छी आहार ढुवानीमा सवारी पास नचाहिने विभागले स्पष्ट पारेको छ।

त्यस्तै विभागले तरकारी फलफूल, दुध तथा दुग्धजन्य पदार्थ ढुवानीलगायतलाई पास नचाहिने भनेको छ।

तरकारी बोकेर चल्ने गाडीहरु त प्रहरीले रोकेको छैन, तर तरकारीमा हाल्ने मल र बिउ लिन हिँडेका खाली गाडी रोकिन्छन्। मासुजन्य वस्तु बोकेका गाडीहरु रोकिँदैनन् तर तीनलाई दाना, भुस, औषधि लिन हिँडेका कृषकहरु घण्टौँसम्म रोकिएर आधाबाटोबाट फर्किनु पर्ने अवस्था छ।

कतिपय ठूलो कृषि मर्फहरुले फर्म दर्ताका प्रमाणपत्र देखाएर हिँड्ने गरेका छन्। तर भर्खरै कृषि पेशा सुरु गरेका, फर्म दर्ताको प्रक्रिया सुरु नगरेका वा साथमा कागजात बोल्न नभ्याएका यस्ता थुप्रै कृषकहरु आफूहरुको पीडा सरकारले नसकेको गुनासो गर्छन्।

‘यस्तो समयमा सरकारले राहत दिने, सहुलियत दिने कुरा त कहाँ हो कहाँ आफैँ गर्छौँ भन्दा पनि गर्न दिँदैन अब के फेरि भाँडा माझ्न विदेशै जानु पर्ने हो ?’ कृषक रिमालको गुनासो छ।

नेपाल प्रहरीका प्रवक्ता डिआईजी निरजबहादुर शाहीले भने अत्यावश्यक सेवाका सवारीलाई प्रहरीले नरोकेको दाबी गर्छन्।

प्रवक्ता शाहीले अप्ठेरोमै परेका किसानले आफूलाई अत्यावश्यक काम परेको हो भन्ने कुरा प्रहरीको टोल फ्रि नम्बर १०० मा फोन गरेर जानकारी गराई काममा निस्कन सुझाब दिएका छन्।

प्रकाशित: May 23, 2020| 16:32 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।