शुक्रबार, वैशाख ७, २०८१

भारतमा मजदुरको 'मुभमेन्ट' सँगै कोरोना संक्रमण तीव्र

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतमा दुई महिनादेखि लकडाउन छ। नेपाल र भारतमा एकैदिन लकडाउन सुरु भएकोमा भारतले भने केही खुकुलो बनाउँदै लगेको छ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न भारतमा दुई महिनादेखि लकडाउन छ। नेपाल र भारतमा एकैदिन लकडाउन सुरु भएकोमा भारतले भने केही खुकुलो बनाउँदै लगेको छ।

triton college

भारतको लाइफलाइन मानिने रेल सेवा क्रमशः सुचारु भइरहेको छ। केही दिनअघि भारतले १५ वटा विशेष रेलहरु सञ्चालन गर्ने निर्णय गरेको थियो भने अहिले सर्वसाधारणका लागि पनि रेलको टिकट बुकिङ खुला गरिएको छ। जुन १ देखि थप २०० वटा रेल सञ्चालन गर्ने निर्णय भारतले गरेको छ।

यसैबीच, हिजो शुक्रबार एकै दिन अहिलेसम्मकै बढी ६ हजार ५६८ संक्रमित भेटिएका छन् भारतमा। योसँगै त्यहाँ संक्रमितको कुल संख्या एक लाख २४ हजार ७९४ पुगेको छ।

बिहीबार पनि ६ हजार १५८ नयाँ संक्रमित भेटिएका थिए। गत मंगलबार पहिलोपटक नयाँ संक्रमितको संख्या ६ हजार नाघेको थियो। त्यसयता चार दिनमा २४ हजारभन्दा बढी नयाँ संक्रमित फेला परिसकेका छन्।

अहिलेसम्म भारतमा तीन हजार ७२६ जनाको मृत्यु भएको छ भने ५१ हजार ८२४ जना निको भएका छन्। सबैभन्दा बढी महाराष्ट्रमा संक्रमितको संख्या ४४ हजारभन्दा माथि पुगेको छ ।

corrent noodles
Metro Mart

भारतमा अहिले लामो दूरीको रेल पनि खुलाइएको छ। मजदुर ओसार्न बस पनि सञ्चालन गरिएका छन्। बस टर्मिनलहरुमा घर फर्कन चाहने मजदुरको भीड लागेको छ।

प्रकाशित: May 23, 2020| 07:50 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।