शुक्रबार, वैशाख ७, २०८१

क्वारेन्टिनबाटै भागे बाँकेका १३ जना कोरोना संक्रमित

शुक्रबार थपिएका बाँकेको नरैनापुरका १३ जना कोरोना संक्रमित क्वारेन्टिनबाटै भागेका छन् ।
 |  शनिबार, जेठ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १०, २०७७

बाँके- शुक्रबार थपिएका बाँकेको नरैनापुरका १३ जना कोरोना संक्रमित क्वारेन्टिनबाटै भागेका छन् ।

triton college

संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले अस्पताल लैजान खोज्दा उनीहरु क्वारेन्टिन बाटै भागेको खुलेको हो । हाल उनीहरुको खोजी भइराखेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले नेपाल समयलाई जानकारी दिए ।

क्वारेन्टिनबाट शुक्रबार बिहानै भागेको खुलेको छ । अस्पताल नगएर उनीहरु भागेसँगै उक्त क्षेत्रमा त्रास उत्पन्न भएको छ। स्थानीयले समेत संक्रमितलाई अस्पताल लैजान अवरोध गर्दै आएका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायका अनुसार नरैनापुरका स्थानीयले संक्रमितलाई समेत अस्पताल लैजान अवरोध गर्ने र समुदायमै लगेर राख्न खोज्ने गरेका छन् ।

यसअघि एकजना कोरोना संक्रमित २५ वर्षीय युवाको क्वारेन्टिनमै मृत्यु भएपछि स्थानीयले संक्रमितलाई क्वारेन्टिन र अस्पताल दुबै ठाउँमा राख्न अवरोध गर्दै आएका छन् ।

corrent noodles
Metro Mart

संक्रमित सिकिस्त बिरामी हुँदा एम्बुलेन्स समेत नपठाएको, स्थानीय प्रशासनले हेल्चेक्राइँ गरेको भन्दै नरैनापुबासीले चर्को विरोध गरेका थिए । सोही क्रममा सामान्य झडपसमेत भएको थियो ।

बाँकेमा हालसम्म १ सय १५ जनामा कोरोना पुष्टि भएको छ भने सबैभन्दा बढि संक्रमित नरैनापुरकै रहेका छन् । जुन मुस्लिम बाहुल्यता भएको बस्ती हो ।

प्रकाशित: May 23, 2020| 07:34 शनिबार, जेठ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।