कपिलवस्तुमा कोरोना संक्रमण पुष्टि भएका दुई सञ्चारकर्मीलाई करीब १२ घण्टापछि आइसोलेशुनमा लगिएको छ ।
वाणगङ्गा नगरपालिकाका एक सञ्चारकर्मीलाई राति करीब ८ः३० मा एम्बुलेन्समा राखी जिल्लाको माहुरी होममा निर्माण गरिएको आइसोलेशनमा लगिएको छ ।
सङ्क्रमितसँग सम्पर्कमा आएकाको छिट्टै कोरोना परीक्षण गरिने भएको छ । एक सञ्चारकर्मीको सम्पर्कमा रहेका भनिएका बुद्ध आवाज सञ्चारगृहसँग सम्बन्धित आठ पत्रकार आज नै सेल्फ क्वारेन्टिनमा बसिसकेका छन्। सङ्क्रमित दुई सञ्चारकर्मीलाई स्वास्थ्यकर्मीको निगरानीमा रााखिएको छ । उनीहरु दुवैको स्वास्थ्यावस्था सामान्य छ ।
बाणगंगा नगरपालिकाले आवश्यक पूर्वतयारी नगर्दा ढिलाइ भएको नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले जानकारी दिए।
रासस