नेपालमा कोरोना भाइरसका २० जना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार कैलालीका ३ जना पुरुष, डडेलधुराका १ पुरुष, बैतडीका १ पुरुष, मोरङका १ जना पुरुष र बाँकेका १४ जना पुरुष गरी २० जना नयाँ संक्रमित भेटिएका हुन् । योसँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या ५ सय ७ पुगेको छ। संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ।
प्रदेश १ मा ८५ जना, प्रदेश २ मा १ सय ५१ जना, बागमतीमा २८ जना, गण्डकीमा ५ जना, प्रदेश ५ मा २ सय २७ जना, कर्णालीमा १ जना र सुदूरपश्चिम प्रदेशमा १० जना संक्रमित भएका छन्। हालसम्म ४० जिल्लामा कोरोना संक्रमित भेटिएका छन्।
आजै बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचाररत २१ जना संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै उपचारपश्चात् निको भएर घर फर्कनेको संख्या ७० पुगेको छ ।
हालसम्म ४२ हजार ४ सय ८८ नमुनाको पिसिआर विधिबाट परीक्षण भएको छ। आजको दिनमा २७ हजार ८ सय २९ जना क्वारेन्टिनमा छन् ।
आज शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित कैलाली, डडेलधुरा, बैतडी, बाँके र मोरङका छन्।