शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • हत्याको दाबी गर्दै प्रहरी जवान खड्काको परिवारले दियो जाहेरी

हत्याको दाबी गर्दै प्रहरी जवान खड्काको परिवारले दियो जाहेरी

सुर्खेतमा मृत भेटिएका एक प्रहरी जवानका परिवारले हत्याको दाबीगर्दै प्रहरीमा जाहेरी दिएका छन्। मृत भेटिएका प्रहरी जवान नरेन्द्र खड्काको हत्या भएको भन्दै परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका छन्। भाइको हत्या नै भएको दाबी गर्दै मृतकका दाइ यामबहादुरले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन्।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं - सुर्खेतमा मृत भेटिएका एक प्रहरी जवानका परिवारले हत्याको दाबीगर्दै प्रहरीमा जाहेरी दिएका छन्। मृत भेटिएका प्रहरी जवान नरेन्द्र खड्काको हत्या भएको भन्दै परिवारले बिहीबार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दिएका छन्। भाइको हत्या नै भएको दाबी गर्दै मृतकका दाइ यामबहादुरले घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका छन्।

triton college

सुर्खेतको सिम्ता गाउँपालिका–३ आग्रीगाउँको देउली प्रहरी चौकीमा कार्यरत खड्का वैशाख ३० गते बिहान चौकी नजिकै मृतावस्थामा फेला परेका थिए। मृतकका आफन्तले चौकीभित्रै हत्या गरेर झाडीमा फालेको आशंका गरेका छन्। ‘असईले बोक्ने पेस्तोल कसरी मृतकसँग पुग्यो?’, यमबहादुरले प्रश्न गरे, ‘आत्महत्या गरेको कुनै आधार छैन हत्या नै भएको हो।’ असईसहित अन्य प्रहरीहरु मिलेर भाइको हत्या गरेको उनले दाबी गरे।

जिल्ला प्रहरी कार्यालयका मुद्दा शाखाका इञ्चार्ज प्रहरी निरीक्षक भरत शाहले छानबिन समितिले घटनास्थल प्रकृति, शव परीक्षण रिपोर्ट, प्रहरी कर्मचारीसँगको बयानका आधारमा अनुसन्धान गरिरहेको बताए।

खड्का मृत भेटिएलगत्तै जिल्ला प्रहरी कार्यालयले तत्कालीन चौकी इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) मानबहादुर आलेलाई जिम्मेवारीबाट मुक्त गरिसकेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयले घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेश बाँस्तोलाको नेतृत्वमा चार सदस्यीय छानबिन समिति गठन गरिसकेको छ। बास्तोलाले घटनाबारे अनुसन्धान भैरहेको बताए।

 

प्रकाशित: May 21, 2020| 17:26 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।