बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कुहिएको चामल आपूर्ति गर्ने ठाकुर ट्रेड लिंकलाई कारबाही गरिने

कुहिएको चामल आपूर्ति गर्ने ठाकुर ट्रेड लिंकलाई कारबाही गरिने

 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

धनगढी - धनगढी उपमहानगरपालिकाले राहतमा कुहिएको चामल आपूर्ति गर्नेलाई कालोसूचीमा राखेर कानूनी कारबाही गर्ने निर्णय गरेको छ।

triton college

खरिद गरेर वितरणका लागि वडाहरूमा पठाएको चामल कुहिएको र किरा परेको भेटिएपछि आपूर्तिकर्ता धनगढीको ठाकुर ट्रेड लिंकलाई कालोसूचीमा राखेर कानूनी कारबाही गर्ने निर्णय भएको उपमहानगरपालिकाले जनाएको छ।

उपमहानगरपालिकाले रु २ करोड ६१ लाखमा ३ हजार ३०० क्वीन्टल चामल, ८०० क्वीन्टल दाल लगायतका खाद्यान्न सामग्री खरिदका लागि ठाकुर ट्रेड लिंकसँग ठेक्का सम्झौता गरेको थियो। ठाकुर ट्रेड लिंकले पछिल्लोपटक उपलब्ध गराएको चामल कुहिएको र किरा परेको भेटिएपछि सम्झौता रद्द गरेर कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको उपमहानगरपालिका प्रवक्ता सन्तोष मुडभरीले बताए।

उनले कुहिएको तथा किरा परेको राहत चामलबारे छानबिन गर्न उपमहानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा नगर कार्यपालिकाको बैठकले आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकमाथि कानूनी कारबाही गर्ने निर्णय गरेको बताए। दोस्रो चरणमा वितरण गरेको राहत चामलबारे जनस्तरबाट व्यापक गुनासो आएपछि उपमहानगरपालिकाले वडा नं १८ का अध्यक्ष मुरारी अधिकारीको संयोजकत्व पाँच सदस्यीय छानबिन समितिसमेत गठन गरेको थियो।

उपमहानगरपालिकाको मंगलबार बसेको बैठकमा समितिले आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकबाट गलत कार्य भएको ठहरसहित आफ्नो प्रतिवेदन पेश गरेको थियो। समितिको प्रतिवेदनका आधारमा बैठकले ठाकुर ट्रेड लिंकलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ को (ग) बमोजिम कालोसूचीमा राख्नुपर्ने आधार र कारण प्रस्ताव गरी आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको प्रवक्ता मुडभरीले जानकारी दिए।

corrent noodles
Metro Mart

यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार गुणस्तरहीन वस्तु वा सेवा प्रदान गरेबाफत ठाकुर ट्रेड लिंकलाई रु २ लाख जरिवाना गरिसकेको छ। स्थानीयवासीले कुहिएको चामल दिइएको भन्दै फिर्ता गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहितको बजार अनुगमन टोलीले धनगढी उपमहानगरपालिका–४ शिवपुरीस्थित गोदाममा अनुगमन गरेको थियो। अनुगमनका क्रममा गोदाममासमेत कुहिएको र किरा परेको चामल भेटिएपछि आपूर्तिकर्तालाई कारबाही गर्न सिफारिस गरिएको थियो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय महेन्द्रनगरले उपमहानगरपालिकाले आपूर्तिकर्तासँग गरेको सम्झौतालगायतका कागजात नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइसकेको छ। उपमहानगरपालिकाले वडा नं १, २, ४, ५ र १२ मा राहत चामल वितरण गर्दा कुहिएको र किरा परेको भेटिएको थियो। ठाकुर ट्रेड लिंकले उपमहानगरपालिकालाई हालसम्म तीन लाख ३० हजार ७४० किलोग्राम चामल उपलब्ध गराइसकेको छ। त्यसमध्ये २० हजार १० किलोग्राम चामल कुहिएको र किरा परेको भेटिएको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: May 21, 2020| 15:11 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।