काठमाडौं– नेपाल भलिबल संघ (एनभीए)ले भलिबल दिवसमा आज (बिहीबार) कुनै औपचारिक कार्यक्रम नहुने बताएको छ।
सरकारले २०७४ जेठ ८ गते भलिबललाई राष्ट्रिय खेल घोषणा गरेयता आजको दिनलाई भलिबल दिवसको रुपमा मनाउँदै आइएको छ।
त्यसअघि नेपालमा कुनै खेललाई औपचारिक रुपमा राष्ट्रिय खेलको घोषणा गरिएको थिएन। तर, अनौपचारिक तवरले डन्डिबियो र कबड्डीलाई राष्ट्रिय खेल मानिँदै आएको थियो।
सोही दिनलाई भलिबल दिवसको रुपमा मनाउँदै आएको एनभिएले विगतका वर्षमा विभिन्न कार्यक्रम गर्दै आएको थियो।
कोरोना भाइरस (कोभिड–१९) का कारण यो वर्षको कार्यक्रम स्थगित गरिएको संघले बताएको छ।