शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जिउँदाे व्यक्तिको मृत्यु भएको खबर लेख्ने ३९ अनलाइन कारबाहीमा

जिउँदाे व्यक्तिको मृत्यु भएको खबर लेख्ने ३९ अनलाइन कारबाहीमा

गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्दै खबर प्रकाशित गर्ने ३९ वटा अनलाइनलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको छ।
 |  बिहीबार, जेठ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ८, २०७७

काठमाडौं- रूपन्देहीकाे क्रिमसन अस्पतालमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको भन्दै गलत खबर प्रकाशित गर्ने ३९ वटा अनलाइनलाई नेपाल प्रेस काउन्सिलले कारबाही गरेको छ।

triton college

जीवित व्यक्तिलाई मृत्यु भएकाे भनेर भ्रामक समाचार प्रकाशन गर्ने ८ वटा अनलाइन नेपालभित्र प्रसारण नहुने गरी बन्द गरिएको काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए।

प्रेस काउन्सिलको इतिहासमा एकै दिन यतिधेरै कारबाही भएको यो पहिलो घटना हो।

बुधबार विभिन्न अनलाइनले गुल्मीका कोरोना संक्रमित शिक्षकको मृत्यु भएको भनी खबर प्रकाशित गरेका थिए। स्वास्थ्य मन्त्रालयले भने संक्रमित बिरामीकाे अस्पतालमा उपचार भइरहेकाे जनाएकाे छ।

प्रकाशित: May 21, 2020| 08:34 बिहीबार, जेठ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।