मंगलबार, वैशाख ११, २०८१

बीमालेखको धितोको व्याजमा १५ प्रतिशत छुट

बीमालेख धितोमा ऋण लिनेहरुले १५ प्रतिशत व्याज छुट पाउने भएका छन् ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

बीमालेख धितोमा ऋण लिनेहरुले १५ प्रतिशत व्याज छुट पाउने भएका छन् । बुधबार बीमा समितिले बीमा कम्पनीहरुलाई निर्देशन जारी गरी लकडाउन अवधि सकिएको एक महिनाभित्रमा व्याज बुझाउन आएमा १५ प्रतिशत व्याज छुट दिन निर्देशन दिएको छ ।

triton college

सरकारले कारोना भाइसरको नियन्त्रणको लागि गरेको लकडाउनको कारण ब्याज बुझाउन नपाएको बीमितलाई राहत होस् भन्ने हेतुले समितिले सो निर्देशन दिएको हो ।

बीमितले बीमालेख धितोमा लिएको ऋणको ब्याज प्रत्येक ३ वा ६ महिनामा बुझाउनु पर्ने हुन्छ । यस्तै, बीमा कम्पनीहरुले अनलाईनबाटै बीमालेख बिक्री गर्न चाहेमा ‘बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६’ को अधिनमा कार्यविधि तयार गर्न सक्ने पनि समितिले जनाएको छ ।

 

प्रकाशित: May 20, 2020| 18:50 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्