शुक्रबार, वैशाख १४, २०८१

गाविस सचिवबाट शाखा अधिकृतमा पुग्दा १८ करोड अकुत कमाइ

गाविस सचिवबाट सेवा प्रवेश गरी शाखा अधिकृतबाट अवकाश पाएका एक कर्मचारीले करिब १८ करोड अकुत सम्पत्ति कमाएको खुलेको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

काठमाडौं – गाविस सचिवबाट सेवा प्रवेश गरी शाखा अधिकृतबाट अवकाश पाएका एक कर्मचारीले करिब १८ करोड अकुत सम्पत्ति कमाएको खुलेको छ।

triton college

१७ करोड ८३ लाख ४१ हजार रुपैयाँ गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋषिराम अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

३६ वर्षे जागिर अवधिमा अर्यालले २६ करोड ६० लाख ६९ हजार ६३ खर्च तथा लगानी गरेको खुलेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।

सो अवधिमा उनको र परिवारका सदस्यहरुको वैध आम्दानी भने जम्मा आठ करोड ७७ लाख २७ हजार चारसय ८३ रुपैयाँ मात्र आर्जन गरेको देखिएको छ।

२०३९ साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट नासु पदमा गाविस सचिवमा सरकारी सेवामा प्रवेश गरेका अर्याल गतवर्ष टोखा नगरपालिकाको प्रशासकीय अधिकृतबाट अवकाश भएका थिए।

corrent noodles
Metro Mart

लामो समय काठमाडौंका धापासी, टोखा सरस्वती, भिमढुंगा गाविसमा सचिवमा काम गरेका अर्यालले अवैध आम्दानीबाट खरिद गरेका अधिकांश जग्गाहरु तीनै गाविस आसपासमा रहेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

अख्तियारले बुधबार विशेष अदालतमा अर्यालविरुद्ध दायर गरेको मुद्दामा श्रीमती लक्ष्मीदेवी तथा छोराहरु सुशिल र सुनिललाईसमेत सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी बनाएको छ।

कहाँ-कहाँ छ लगानी?

अख्तियारका अनुसार अर्याल तथा लक्ष्मीदेवीको नाममा दर्ता कायम रहने गरी घर तथा जग्गा खरिदमा पाँच करोड ४४ लाख ५ हजार लगानी छ। यस्तै घर निर्माणमा ४१ लाख १० हजार चार सय, पुँजीगत लाभ तथा आयकर चार लाख ९६ हजार, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका साधारण तथा संस्थापक शेयर खरिदमा लगानी नौं करोड १३ लाख ७ हजार एक सय रहेको छ।

त्यस्तै विभिन्न बचत तथा सहकारी संस्थाहरुमा दुई लाख ५० हजार, छोराछोरीहरुको अध्ययनमा २० लाख ३२ हजार तीन सय, छोराछोरीहरुको विवाहमा २८ लाख, जीवन बीमा वापतको प्रिमियम शुल्कमा चार लाख १० हजार, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट लिएका कर्जा चुक्तामा एक करोड ७६ लाख ४६ हजार, न्यू लिङ्क कापी उद्योग र एलडिइन्टरप्राइजेज फर्मसमेतमा लगानी चार करोड ४२ लाख ५० हजार, सवारी साधनमा १२ लाख, सुनमा चार लाख, दान र सरसापटी व्यवहारमा चार करोड ५० लाख ३३ हजार र बैंक खाताहरुमा मौज्दात १५ लाख ७६ हजार सात रहेको छ।

कति हो आम्दानी?

अख्तियारका अनुसार अर्यालले पदमा रहँदा र छोरा सुशिल अर्यालसमेतको तलब पारिश्रमिक बचत आयबाट ५८ लाख ७५ हजार पाँच सय, अवकाशपश्चात प्राप्त सुविधा बापत १९ लाख ३० हजार सात सय, विभिन्न बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा तथा सापटी आय तीन करोड ९० लाख ६३ हजार, शुरु खरिद तथा प्रारम्भिक लगानीको स्रोत खुलेको जग्गा बिक्रीबाट ६८ लाख ५३ हजार चार सय, निवृत्तिभरण आय ६ करोड ७९ लाख तीन सय, विप्रेषण आय १७ लाख ९१ हजार रहेको छ।

पत्नी लक्ष्मीदेवीको एकल स्वामित्वमा लगानी गरी संचालित एल.डि.इन्टरप्राइजेज फर्मबाट २५ लाख ६२ हजार आठ सय, बीमाबाट एक लाख सात हजार, विभिन्न बैंक तथा वित्तीय संस्था एवं कम्पनीहरुका खरिद साधारण तथा संस्थापक शेयरहरु ४१ लाख ४५ हजार पाँच सय र सरसापटी व्यवहार आएको दुई करोड ४७ लाख १७ हजार रहेको अख्तियारले जनाएको छ।

अख्तियारले अर्यालसँग भएको अवैध सम्पत्ति जफत गर्नुपर्ने र जेल सजायको माग गरेको छ।

प्रकाशित: May 20, 2020| 17:59 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।