बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • माथिल्लो अरुणमा लगानीको नेतृत्व गर्न विश्व बैंकलाई मन्त्री पुनको आग्रह

माथिल्लो अरुणमा लगानीको नेतृत्व गर्न विश्व बैंकलाई मन्त्री पुनको आग्रह

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको नेतृत्व लिनका लागि विश्व बैंकलाई आग्रह गरेको छ ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले माथिल्लो अरुण जलविद्युत् आयोजनामा लगानीको नेतृत्व लिनका लागि विश्व बैंकलाई आग्रह गरेको छ ।

triton college

बुधबार उर्जामन्त्री वर्षमान पुन र विश्व बैंकका नेपाल निर्देशक फारिस एच हाडाडविच भएको भर्चुअल बैठकमा मन्त्री पुनले विश्व बैंकसँग अरुण जलविद्युत आयोजनामा लगानी जुटाउनका लागि नेतृत्व गर्न आग्रह गरेका हुन् ।

७ सय २५ मेगावाट क्षमता रहेको आयोजना संखुवासभामा छ । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा माथिल्लो अरुण आयोजना निर्माणलाई उच्च प्राथमिकतामा राखेको छ ।

मन्त्री पुनले सो बैठकमा माथिल्लो अरुणको विस्तृत आयोजना प्रतिवेदन पनि विश्व बैंकले नै बनाएको र सो आयोजना लगानीको नेतृत्व विश्व बैंकले गरेमा अन्य सहायक लगानी खोज्न सहज हुने पनि बताए ।

फारिसले जवाफमा सो प्रस्तावलाई विश्व बैंकको नेतृत्वसम्म पुर्याउने बताउँदै सो आयोजना राम्रो रहेको आफूले जानकारी पाएको बताए । सरकारले माथिल्लो अरुण जलविद्युत आयोजना निर्माण विद्युत प्राधिकरणमार्फत् कम्पनी मोडेलमा गर्ने सरकारले निर्णय गरिसकेको छ ।

corrent noodles
Metro Mart

हाल सो आयोजना प्राधिकरणको सहायक कम्पनी अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माणको जिम्मा पाएको छ।

त्यस्तै मन्त्री पुनले सो बैठकमा प्रदेश–१ लाई पूर्ण विद्युतीकरण गर्न विश्व बैंकसँग ऋण प्रस्ताव समेत गरेका छन् । उनले सन् २०२२ सम्ममा नेपाल पुर्ण विद्युतिकरणमा जाने सरकारको लक्ष्य रहेको र प्रदेश ३ र गण्डकीमा विश्व बैंककै सहयोगमा पूर्ण विद्युतीकरणको काम अघि बढेकोले प्रदेश १ मा पनि पुर्ण विद्युतीकरणका लागि ऋण प्रदान गर्न आग्रह गरेका हुन् ।

कोभिड–१९ को नकारात्मक प्रभावका कारण जलविद्युत र सिंचाइका आयोजनाहरुको निर्माणकार्यमा सुस्तता आएपनि ति काम पुनः अघि बढाउने दिशामा मन्त्रालय अग्रसर भइरहेको पनि मन्त्री पुनले बताए ।

 

प्रकाशित: May 20, 2020| 17:53 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्