शनिबार, वैशाख ८, २०८१

कोरोना पुष्टि भएको २३ घण्टापछि बल्ल आइसोलेसनमा

कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि कोरोना सङ्क्रमित युवाको उपचार शुरु भएको छ।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

दैलेखका युवामा कोरोना सङ्क्रमण पुष्टि भएको २३ घण्टापछि मात्र उपचार शुरु भएको छ।

triton college

कर्णाली प्रदेशका पहिलो सङ्क्रमित उनलाई आठबीस नगरपालिकाको क्वारेन्टिनबाट जिल्ला सदरमुकामस्थित अस्पतालको आइसोलेशनमा ल्याइएको छ। सुर्खेत लैजाने वा दैलेखमै आइसोलेशनमा राख्ने भन्ने विषयमा अन्योल उत्पन्न भएको थियो ।

सङ्क्रमितको अहिलेको स्वास्थ्य अवस्था समान्य भएका कारण नारायण नगरपालिका दैलेखको सरस्वती मावि तर्तागङ्मा निर्माण गरिएको आइसोलेशनमा राखिएको छ। 

स्वास्थ्य कार्यालय दैलेखले शनिबार ३९ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको थियो । कोरोना सङ्क्रमणको आशङ्का गरिएका युवा ३५ दिनभन्दा धेरै समय भारतको वनवासामा बसेर दैलेख आएका थिए।

उनीहरुलाई बनवासा नाकाबाट आठबीस नगरपालिकाले उद्धार गरी चैत ३१ गते दैलेखको आठबीस नगरपालिकाको सात्तला विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा राखिएका खोप तथा सूचना अधिकृत थिरप्रसाद रेग्मीले जानकारी दिए।

सङ्क्रमण भएको जानकारी पाएलगत्तै आठबीस नगरपालिकामा उच्च सतर्कता अपनाइएको नगरप्रमुख खड्गराज उपाध्यायले जानकारी दिए अहिले सात्तलामा रहेको क्वारेन्टिनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले जानकारी दिए।

छिमेकी मुलुक भारतबाट दैनिक जिल्लामा भित्रिने नागरिकको सङ्ख्या बढ्दै गएपछि सुरक्षा सतर्कता बढाइएको छ । सङ्क्रमित युवासँग भारतबाट ४९ युवा आएका थिए

रासस

corrent noodles
Metro Mart

प्रकाशित: May 20, 2020| 10:10 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।