शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीको कोरोना रणनीति : दुई पटक परीक्षण, २१ दिनसम्म क्वारेन्टाइन

कर्णालीको कोरोना रणनीति : दुई पटक परीक्षण, २१ दिनसम्म क्वारेन्टाइन

कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएपछि प्रदेश सरकारले कोरोना परीक्षणको रणनीतिमा केही फेरबदल गरेको छ। सोमबार दैलेखको आठबिस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना देखिएपछि प्रतिकार्य अभियानलाई थप प्रभावकारी बनाउन भारतबाट आएका व्यक्तिको दुई पटक कोरोना परीक्षण गरिने भएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

triton college
corrent noodles
Metro Mart

सुर्खेत - कर्णाली प्रदेशमा कोरोना संक्रमित भेटिएपछि प्रदेश सरकारले कोरोना परीक्षणको रणनीतिमा केही फेरबदल गरेको छ। सोमबार दैलेखको आठबिस नगरपालिका-१ सात्तलाका ३५ वर्षीय पुरुषमा कोरोना देखिएपछि प्रतिकार्य अभियानलाई थप प्रभावकारी बनाउन भारतबाट आएका व्यक्तिको दुई पटक कोरोना परीक्षण गरिने भएको छ।

मंगलबार पत्रकार सम्मेलन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले नाकाबाट प्रवेश गर्दा र क्वारेन्टाइन अवधि पूरा गरेपछि गरेर एकै व्यक्तिको दुई पटक कोरोना परीक्षण गरिने बताए। ‘गाउँ फर्कने सबैलाई प्रदेशको नाकामा र्‍यापिड टेष्ट गरेर मात्रै सम्बन्धित गाउँपालिकामा पठाउँछौं’, मन्त्री रावलले भने, ‘भारतबाट आउने सबैलाई नाकामा एक पटक र क्वारेन्टाइनको अवधि पूरा भएपछि अनिवार्य रुपमा पीसीआर परीक्षण गर्छौं।’

त्यस्तै भारतबाट आउनेहरु १४ दिन क्वारेन्टाइन बसेपछि पनि पुनः घरमा होम क्वारेन्टाइनमा बस्नुपर्ने प्रदेश सरकारले जनाएको छ। ‘दुई पटक परीक्षण गर्दापनि संक्रमित पत्ता नलाग्न सक्छ’, उनले भने, ‘भारतबाट आउनेहरु अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन र ७ दिन होम क्वारेन्टाइन गरी जम्मा २१ दिन क्वारेन्टाइन बस्नुपर्छ।’ भारतबाट आएका नागरिकबाट कोरोना संक्रमणको उच्च जोखिम रहेको प्रदेश सरकारको निष्कर्ष छ।

प्रकाशित: May 19, 2020| 18:20 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।