शनिबार, वैशाख ८, २०८१

राष्ट्रियसभाबाट पनि नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ। यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित भएको हो।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं - राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रमलाई बहुमतले पारित गरेको छ। यही जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरी प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे भएको छलफलपछि आज प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि सो नीति तथा कार्यक्रम पारित भएको हो।

triton college

बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले प्रस्ताव पारित भएको हो। कार्यक्रममाथि सदस्य अनिता देवकोटा, शेखरकुमार सिंह र प्रमिलाकुमारीले गरेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो। सो कार्यक्रमलाई आजै प्रतिनिधिसभाले पारित गरेको थियो। पारित कार्यक्रमका आधारमा सरकारले यही जेठ १५ गते बजेट प्रस्तुत गर्नेछ।

बैठकले केही नेपाल ऐन संशोधनको साविकको ऐन जगाउनेसम्बन्धी ऐनलाई पारित गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको थियो।

राष्ट्रियसभाको बैठक जेठ ७ गते बिहान ११ बजे बस्नेछ।

प्रकाशित: May 19, 2020| 17:41 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।