शुक्रबार, वैशाख ७, २०८१

प्रदेश २ र प्रदेश ५ मा चिकित्सकको थप टोली पठाइँदै

 कोरोना संक्रमण बढदै गएका प्रदेश– २ र प्रदेश– ५ मा सरकारले कम्तीमा दश–दश जना चिकित्सकको टोली पठाउने भएको छ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं- कोरोना संक्रमण बढदै गएका प्रदेश– २ र प्रदेश– ५ मा सरकारले कम्तीमा दश–दश जना चिकित्सकको टोली पठाउने भएको छ।

triton college

मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार सबैभन्दा बढी संक्रमित देखिएका प्रदेश २ र ५ मा यथाशिघ्र चिकित्सकको टोली पठाइने भएको हो।
अहिले प्रदेश ५ मा सबैभन्दा धेरै १७६ जना संक्रमित देखिएका छन्। यसमध्ये पनि बाँकेको नरैनापुरमा सबैभन्दा धेरै छन्।

त्यस्तै प्रदेश–२ मा १३६ जनामा संक्रमण पुष्टि भइसकेको छ। सबैभन्दा थोरै कर्णली प्रदेशमा– १ जनामा मात्र संक्रमण पुष्टि भएको छ। प्रदेश– १ मा ५४, बागमतीमा २७, गण्डकीमा ४, र सुदुरपश्चिममा ५ जनामा संक्रमित भेटिएका छन् ।

सरकारले काठमाडौं उपत्यकामा एका साताभित्र १० हजार परीक्षण गर्ने लक्षसहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अगुवाइमा परीक्षण गरिरहेको छ। जसअन्तर्गत २ हजार २३६ मा आरडीटी परीक्षण गरेकोमा ८१ वटा नमुना पोजेटिभ देखिएको छ।

त्यस्तै १ हजार १९ वटा पीसीआर विधिबाट गरिएको परीक्षणमा ६०१ जनामा नेगेटिभ देखिएको छ भने बाँकीको रिर्पोट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।

corrent noodles
Metro Mart

नेपालमा हालसम्म पीसीआर विधिबाट ३२ हजार ६०४ नमूना परीक्षण भएका छन् भने आरडीटी विधिबाट ७४ हजार ६४९। त्यस्तै आजसम्म आइसोलेसनमा रहेकाको संख्या ४५७ छ भने २१ हजार ६२३ जना क्वारेनटाइनमा छन्।

नेपालमा आज थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ४०२ पुगेको छ।

प्रकाशित: May 19, 2020| 17:40 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।