बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘कोरोना भाइरसबाट आमा गुमाएका शिशुमा संक्रमण छैन भन्न सकिँदैन’

‘कोरोना भाइरसबाट आमा गुमाएका शिशुमा संक्रमण छैन भन्न सकिँदैन’

गत शनिबार कोरोना भाइरसबाट संक्रमित सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीको मृत्यु भयो । उनको मृत्यु हुँदा उनको बच्चा ८ दिनको मात्रै थियो । आमालाई कोरोना संक्रमण भए पनि बच्चालाई अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ ।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

गत शनिबार कोरोना भाइरसबाट संक्रमित सिन्धुपाल्चोककी २९ वर्षिया सुत्केरीको मृत्यु भयो । उनको मृत्यु हुँदा उनको बच्चा ८ दिनको मात्रै थियो । आमालाई कोरोना संक्रमण भए पनि बच्चालाई अहिलेसम्म कोरोना संक्रमण नदेखिएको पुष्टि भएको छ ।

triton college

सम्बद्ध चिकित्सकहरुले यसलाई सकारात्मक रुपमा लिएका छन्। तर, तीव्र रुपमा फैलने भनिएको कोरोना भाइरस संक्रमितसँग लगातार ८ दिनसम्म सम्पर्कमा रहेको बच्चामा संक्रमण नदेखिँदा चकित पनि छन्।

महिला रोग विशेषज्ञ एवं थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका निर्देशक डा. जागेश्वर गौतम संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुमा रोगविरुद्ध लड्ने शक्ति उच्च छ भने सबैलाई संक्रमण हुन्छ भन्ने नहुने बताउँछन्।

उनी भन्छन्, ‘सायद बच्चामा पनि रोगविरुद्ध लड्ने शक्ति धेरै थियो होला । अर्को कुरा– बच्चामा अहिल्यै संक्रमण भएको छैन भन्न सकिँदैन । तत्काल आरटी पिसिआरमा नतिजा नेगेटभ देखाए पनि बच्चामा केही दिनपछि संक्रमण देखिन सक्छ । त्यसैले केही समयपछि पुनः परीक्षण गर्नुपर्ने हुन्छ ।’

डा. गौतम थप्छन्, ‘कोरोना संक्रमण हुनेबित्तिकै छोटो समयमा लक्षण देखिने पनि होइन। त्यसैले संक्रमितको सम्पर्कमा रहेका सबै सेल्फ क्वारेनटाइनमा बसेर परीक्षण गर्नुपर्छ।’

corrent noodles
Metro Mart

नवजात शिशुलाई कस्तो असर पर्छ ?

गर्भवती आमाबाट गर्भमा रहेको शिशुलाई कोरोना संक्रमण सर्न सक्छ भन्ने ठोस प्रमाण अहिलेसम्म उपलब्ध छैन। संक्रमित आमाको गर्भे पानी (सालनाल) वा आमाको दूधको जाँच गर्दा यस्तो देखा परेको छैन । विश्व स्वास्थ्य संगठनले गर्भवती महिलामा कोरोना भाइरसको संक्रमण देखिए पनि त्यसले बच्चालाई असर नगर्ने जनाएको छ।

संक्रमित महिलाले पनि ’नर्मल डेलिभरी’ गराउन सक्छिन्। चिकित्सकीय आवश्यकता भएको अवस्थामा मात्र अपरेसन गर्नुपर्छ । ‘कोरोना संक्रमित गर्भवतीले बच्चा जन्माउँदा कोरोना सर्दैन । अहिलेसम्मको अवस्थामा संक्रमित आमाले जन्माएको बच्चामा पनि संक्रमण भएको निकै कम केस छ । थोरै केसमा पनि उनीहरुमा डेलिभरीपछि संक्रमण भयो कि गर्भमा भयो भन्ने विषय खोजीको विषय बनेको छ,’ डा. गौतम भन्छन्।

डा. जागेश्वर गौतम

यसको लामो इतिहास नभएकाले थप अनसुन्धान बाँकी रहेको उनी बताउँछन् । डा. गौतम भन्छन्, ‘संक्रमित आमाले नवजात शिशुलाई आवश्यक सुरक्षा उपकरणको प्रयोगमा स्तनपान गराउन समेत सक्छिन्। बच्चालाई स्तनपान गराउनुअघि नाक, मुख मजाले ढाक्ने, छुनुअघि र छोइसकेपछि हात साबुन पानीले मजाले धुने लगायत सतर्कता अपनाउनुपर्छ।’

नवजात शिशु हातमा लिनुअघि र लिइसकेपछि नियमित साबुनपानीले हात धुनुपर्ने डा. गौतमको सुझाव छ । अहिलेसम्म कोरोना संक्रमित महिलाले बच्चालाई स्तनपान गराउँदा बच्चामा भाइरस सरेको तत्थ्य नभेटिएको डा. गौतम बताउँछन् ।

गर्भवती कोरोना भाइरसबाट कसरी बच्ने ?

- विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाको लक्षण देखा परेका गर्भवतीलाई जाँचका लागि प्राथमिकता दिनुपर्छ । गर्भवतीलाई कोरोना संक्रमण देखापरेमा उच्चस्तरीय स्याहार आवश्यक पर्न सक्छ ।

- गर्भवती र भर्खरै सुत्केरी भएका आमाहरु तथा कोरोना भाइरस संक्रमण भएका आमाहरु नियमित जाँच गराउन स्वास्थ्य संस्थामा जानुपर्छ । कोरोनाको संक्रमणबाट जोगित गर्भवतीले निम्न सावधानी अपनाउन डा. गौतमको सुझाव छ ।

–साबुनपानी वा अल्कोहोल मिश्रित हात धुने झोल प्रयोग गरेर बारम्बार हात धुने ।

–आफ्नो आँखा, नाक र मुख हातले नछुने ।

–आफू र अन्य व्यक्तिबीच दूरी कायम राख्ने ।

–सरसफाइमा ध्यान दिने ।

– खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो नाक र मुखलाई कुइनो वा रुमालले छोप्ने । त्यसपछि प्रयोग भएको रुमालको उचित विसर्जन गर्ने ।

– ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भए तुरुन्त अस्पताल जाने

प्रकाशित: May 19, 2020| 17:00 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।