बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'विदेशबाट नेपाली भित्र्याएर कोरोनाको थप जोखिम मोल्ने मनस्थितिमा छैनौं'

'विदेशबाट नेपाली भित्र्याएर कोरोनाको थप जोखिम मोल्ने मनस्थितिमा छैनौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशभित्रका नागरिकका सुरक्षा गरेपछि मात्र विदेशमा रहेका नेपालीलाई फर्काइने बताएका छन्।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशभित्रका नागरिकका सुरक्षा गरेपछि मात्र विदेशमा रहेका नेपालीलाई फर्काइने बताएका छन्।

triton college

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिँदै प्रधानमन्त्री ओलीले भने, 'देशभित्रका नागरिकको सुरक्षा प्रबन्ध गरेर बाहिर रहेकाको समस्या समाधान गर्नेमा सरकार क्रियाशील छ।'

भित्र भएका नागरिकको सुरक्षा भएपछि मात्र बाहिर रहेकाको समस्या समाधान गरिने उनको भनाइ छ। विदेशमा रहेका नेपाली फर्काएर तत्काल समस्या समाधान गर्न नसकिने उनले बताए।

प्रधानमन्त्री ओलीले भने, 'ह्वारह्वारी मान्छे ल्याएर क्वारेन्टिनमा पनि राख्न नसक्ने, केही पनि गर्न नसक्ने र कोरोना मात्रै फैलाउने अनि देशै सोत्तर बनाउने? त्यस प्रकारको भद्रगोल सिर्जना गर्ने मनस्थितिमा छैनौं।'

प्रतिपक्षी सांसदहरूले श्रमका लागि विदेश गएर अहिले कोरोना भाइरस महामारीका कारण समस्यामा परेका नागरिकलाई स्वदेश ल्याएर व्यवस्थापन गर्नुपर्ने माग गरेका थिए।

corrent noodles
Metro Mart

प्रधानमन्त्रीले भने श्रम गन्तव्यमा रहेका मुलुकका दूतावाससँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिँदै भने, 'चिन्ता गर्नु पर्दैन भन्नुभएको छ।'

प्रधानमन्त्रीले कतार, यूएई, बहराइन, ओमान, साइप्रसलवगायत मुलुकका प्रधानमन्त्री, राष्ट्रपति र उपराष्ट्रपतिहरूसँग त्यहाँ रहेका नेपालीबारे आफूले कुरा गरेको जानकारी दिए। ४० देखि ४५ लाख नेपाली विदेशमा रहेको अवस्थामा सबैलाई ल्याउन सक्ने अवस्था नरहेको प्रधानमन्त्री ओलीले बताए।

प्रकाशित: May 19, 2020| 16:25 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।