शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका पहिलो कोरोना संक्रमित ४८ जनासँगै भारतबाट आएका थिए  

कर्णालीका पहिलो कोरोना संक्रमित ४८ जनासँगै भारतबाट आएका थिए  

दैलेखका यि संक्रमित १ जेठमा अन्य ४८ जनासँगै भारतको आग्राबाट आएको आठबिसकोट नगरपालिकाका मेयर खड्कराज उपाध्यायले जानकारी दिए।
 |  सोमबार, जेठ ५, २०७७

देव राना

देव राना

सोमबार, जेठ ५, २०७७

काठमाडौं- कर्णालीमा पहिलोपटक एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ। दैलेखको आठबिस नगरपालिका–१, साततलाका ३५ वर्षीय युवकको स्वाब सुर्खेतस्थित जनस्वास्थ्य प्रयोगशाला र नेपालगन्ज भेरी अस्पतालमा परीक्षण गर्दा दुबै ठाउँमा संक्रमण पुष्टि भएको हो।

triton college

दैलेखका यि संक्रमित १ जेठमा अन्य ४८ जनासँगै भारतको आग्राबाट आएको आठबिस नगरपालिकाका मेयर खड्कराज उपाध्यायले जानकारी दिए।

अहिले संक्रमित व्यक्ति अन्य ३९ जनासँगै आठबिसकोट नगरपालिका–१ स्थित लक्ष्मी माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टाइनमा छन्।

एउटै बसमा भारतबाट आएका ४८ जनामध्ये ८ जना दैलेखको ठाँटीकाँध गाउँपालिका र १ जना चामुण्डा विन्द्रासैनी नगरपालिकाका हुन्। ठाँटीकाँधका ८ जनालाई सम्बन्धित गाउँपालिकाले क्वारेन्टाइनमा राखेको भए पनि उनीहरु सोमबार आ-आफ्नो घर गइसकेका छन्।

आठबीसको वडा नं. १ सिल

corrent noodles
Metro Mart

कोरोना संक्रमित भेटिएपछि १ नम्बर वडालाई सिल गरिएको छ।  दैलेख जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आठबीस नगरपालिका सील गरिएको वडाध्यक्ष पर्वसिंह विश्वकर्माले जानकारी दिए ।

सोमबार बसेको नगरकार्यपालिकाको आकस्मिक बैठकले वडालाई नै सिल गरेको हो । वडाध्यक्ष विश्वकर्माले भने ‘भारतबाट आएका ३९ जनालाई एउटै क्वारेन्टाइनमा राखेका छौँ । कोरोना संक्रमितलाई पनि सामान्य ज्वरोसमेत छैन।’

प्रदेश अस्पताल सुर्खेतमा लैजाने वा जिल्ला अस्पतालको आइसोलेसनमा राख्ने भन्ने भोलि विहान मात्रै टुङ्गो लाग्ने पनि उनले जानकारी दिए ।

प्रकाशित: May 18, 2020| 23:45 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।