बुधबार, वैशाख १२, २०८१

सिभिल बैंक र सेल–पेबीच सहकार्य

सिभिल बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेल–पेसँग सहकार्य गर्ने सम्झौता गरेको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं– सिभिल बैंक लिमिटेडले डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि भुक्तानी सेवा प्रदायक सेल–पेसँग सहकार्य गर्ने सम्झौता गरेको छ।

triton college

सम्झौतामा बैंकका उपप्रमुख कार्यकारी अधिकारी सुनिलकुमार पोखरेल र सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेल–पेले बैंक खाता मार्फत डिजिटल माध्यमबाट भुक्तानी तथा रकम स्थानान्तरण गर्ने सेवा प्रदान गर्छ।

यसमार्फत मोबाइल रिचार्ज, बिजुली, खानेपानी, इन्टरनेट, टिभीलगायतको बिल भुक्तानी गर्न सकिन्छ। त्यस्तै रेमिट्यान्स आदान–प्रदान गर्न, बीमा रकम भुक्तानी, किस्ता बुझाउनलगायत सेवा लिन सकिन्छ।

प्रकाशित: May 18, 2020| 12:19 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्