शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विदेशबाट फर्केकालाई कृषि–कर्ममा लगाउन मुख्यमन्त्री पोखरेलको आग्रह

विदेशबाट फर्केकालाई कृषि–कर्ममा लगाउन मुख्यमन्त्री पोखरेलको आग्रह

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विदेशबाट फर्केकालाई कृषि–कर्ममा लगाउनुपर्ने बताएका छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

भैरहवा– प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत विदेशबाट फर्केकालाई कृषि–कर्ममा लगाउनुपर्ने बताएका छन्।

triton college

उनले बेरोजगारहरूलाई कृषि काममा लगाउने र त्यसबापत पारिश्रमिक दिने गरी काम बढाउन पालिकाहरू अग्रसर हुनुपर्ने बताए। उनले भने, “स्थानीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई कृषि काममा केन्द्रित गर्नुपर्छ। काम गरेपछि पैसा दिने गरेमा राहत माग्नेहरू ८० प्रतिशत स्वतः घटछन्।”

मुख्यमन्त्री पोखरेलले वृद्धवृद्धा, कोरोना संक्रमित व्यक्ति, सुत्केरी, अपांगता भएकाहरूको घरमा स्थानीय सरकारले चुल्हो बाल्ने व्यवस्था गर्नुपर्ने अन्य अवस्थामा राहत भन्दा काम दिनेगरी पालिकाले योजना बनाउन निर्देशन दिए।

अभाबबीच जीवनको विषयमा मानिसले बिर्सिदिने बताउँदै उनले खेतीपातीलाई लक्षित गरेर कार्यक्रम अगाडि बढाउन पनि आग्रह गरे।

‘भोक नै सबैभन्दा ठूलो रोग हो’ धम्मपदमा उल्लेखित महामानव बुद्धको उक्त वचनलाई स्वीकार्दै रूपन्देहीका जनप्रतिनिधिले प्रदेश सरकारको ध्यानाकर्षण गराएपछि मुख्यमन्त्री पोखरेलले कोरोना भाइरस (कोभिड–१९)को बीच सामाजिक दूरी कायम गर्दै कृषि–कर्ममा लाग्न जनतालाई आग्रह पनि गरे।

corrent noodles
Metro Mart

उनले सीमावर्ति इलाकामा भारतीय हाइब्रेड बीउ प्रयोग गर्ने गरेको बताउँदै त्यसले आगामी दिनमा झन् खतरा सृजना गर्ने भएकाले सबैलाई सचेत हुन पनि आग्रह गरे।

रूपन्देही जिल्लाबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरू तथा १६ वटा पालिकाका प्रमुख तथा अध्यक्षहरूले कृषि क्षेत्रलाई प्राथमिकता राखेर विशेष कार्यक्रम ल्याउन सरकारलाई आग्रहसमेत गरेका छन्।

कृषिको पकेट क्षेत्र मानिने जिल्लाको मर्चवार क्षेत्रबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रदेश सांसद वसीउद्धिन खानले किसानलाई बीउको समस्या रहेको उल्लेख गर्दै सहज ढंगले बीउ उपलब्ध हुनेगरी योजना बनाउनुपर्ने बताए। मर्चवारकै अर्का सांसद अष्ठभूजा पाठकले कृषिमा विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने बेला आएको बताए।

प्रदेश सदस्य सुनिता ठटेरले गाउँ फर्केकाहरूलाई सामाजिक दूरी कायम गर्दै कृषि उद्यममा लगाउनुपर्ने बताए।

अर्को प्रदेश सांसद पुष्पा चौधरीले खेती समयमा गर्न नपाए त्यसले भोकमरी सृजना गर्ने बताए।

प्रदेश सांसद सन्तोष पान्डेले कृषिमा सरकारको विशेष योजना आवश्यक रहेको बताए।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको अध्यक्षतामा सम्पन्न जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकमा सहभागी गाउँपालिकाका अध्यक्ष तथा नगर प्रमुखहरूले पनि कृषितर्फ विशेष ध्यान दिनुपर्ने बताएका हुन्।

जिल्लाको शुद्धोधन गाउँपालिका अध्यक्ष किसुसन चौधरीले कोरोना महामारीसँगै कृषि क्षेत्रलाई पनि सरकारले ध्यान दिनुपर्ने बताए। उनले भने, “हामी जसरी कोरोनाविरुद्ध एक भएर लडिरहेका छौं। त्यसैगरी कृषिको लागि पनि एक हुनुपर्ने बेला आएको छ।”

सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारूले कृषिको लागि साल्ट ट्रेडिङ र खाद्य सामग्रीसँग मलखाद र बीउ भए पनि वितरण नगर्दा समस्या भएको बताए।

सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले तत्कालै बीउको व्यवस्थापनमा सरकार लाग्नुपर्ने बताए।

कन्चन गाउँपालिका अध्यक्ष गोकर्ण क्षेत्रीले क्वारेन्टाइन अवधि पूरा गरेका प्रवासीहरूलाई कृषि क्षेत्रमा क्रियाशील बनाउनुपर्ने योजना आवश्यक रहेको बताए।

बैठकमा बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदी, रोहिणी गाउँपालिका अध्यक्ष सनोजकुमार यादव, तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरे, समरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, देवदह नगर प्रमुख हिराबहादुर केसी, सैनामैना नगर प्रमुख चित्रबहादुर केसी, गैडहवा गाउँपालिका अध्यक्ष बछुलाल केवट, मर्चवारी गाउँपालिका अध्यक्ष केशव नन्द बानियाँ, कोटही गाउँपालिका अध्यक्ष चन्द्रभूषण यादवलगायत जिल्लाका १६ पालिका अध्यक्ष र १० जना प्रदेश सांसदले कृषिमा वैज्ञानिक योजनासहित अगाडि नबढेमा भोकमरी आउने खतरा भएको बताएका थिए। उनीहरूले कृषि–कर्ममार्फत नै कोरोना भाइरसपछि आउने सम्भावित अप्ठेरा पार लाग्न सकिने पनि दाबी गरे।

दुई दिनअघि प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश ५ मा कोभिड कृषि विशेष कार्यक्रम घोषणा गरेको छ। प्रदेश सरकारले उक्त कार्यक्रमको लागि ५१ करोड १४ लाख रूपैयाँसमेत छुट्टयाइएको छ।

 

प्रकाशित: May 18, 2020| 10:03 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।