बिहीबार, वैशाख १३, २०८१

नेपालमा ६८, भारतमा ६६ दिन लकडाउन

दुवै देशले पटक पटक थप्दै लकडाउनको अवधि बढाइरहेका छन्।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल र भारतमा एकै दिन (११ चैत २०७६ / २४ मार्च २०२०) देखि बन्दाबन्दी (लकडाउन) लागू भएको छ।

triton college

दुवै देशले पटक पटक थप्दै लकडाउनको अवधि बढाइरहेका छन्। पछिल्लो पटक थपिएको समयावधिअनुसार नेपालमा लकडाउन ६८ दिन पुग्नेछ भने भारतमा ६६ दिन। भारतले ३१ मे (जेठ १८ गते) सम्म लकडाउन थपेको छ भने नेपालले जेठ २० सम्म।

नेपाल सरकारले गएको चैत ११ गतेदेखि देशभर लागू गरेको लकडाउन १५ दिन थपेर जेठ २० गतेसम्म लम्ब्याएको छ। पटकपटक थप्दै लकडाउनको अवधि ६६ दिन पुर्‍याइएको हो। यसअघि थपिएको समयावधि आज (सोमबार) सकिँदै थियो।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको एक समितिको सिफारिसमा मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने निर्णय गर्दै आएको छ।

सुरुमा चैत ११ देखि १८ गतेसम्मका लागि लकडाउन घोषणा गरिएको थियो। दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्म लम्ब्याइयो। फेरि वैशाख ३ गतेसम्म लकडाउन थपिएको थियो। त्यसपछि १२ दिन थपेर वैशाख १५ सम्म, १० दिन थपेर वशाख २५ गतेसम्म र १० दिन थपेर जेठ ५ गतेसम्म लकडाउन गरिएको छ।

corrent noodles
Metro Mart

उता, छिमेकी मुलुकमा पनि पटक पटक थप्दै लकडाउनको अवधि नेपालको भन्दा दुई दिन बढी ६८ दिन पुर्‍याइएको छ। त्यहाँ प्रदेशका मुख्यमन्त्रीहरुसँग छलफल गरेर केन्द्र सरकारले लकडाउनबारे निर्णय गर्छ।

पछिल्लो निर्णयअनुसार भारतमा लकडाउन ३१ मे (जेठ १८ गते) सम्म रहनेछ। भारतमा यो चौथो चरणको लकडाउन हो। भारतले पहिलोपटक २४ मार्च (चैत ११ गते) देखि पहिलो चरणमा २१ दिनका लागि लकडाउन घोषणा गरेको थियो। त्यसपछि पटक पटक थपिँदै आएको छ।

यो चरणमा पनि भारतले आन्तरिक तथा बाह्य हवाई उडानमा रोक लगाएको छ। मेट्रो रेल सेवा बन्द रहनेछ। रातको ८ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यु लागू हुनेछ। सार्वजनिक स्थल तथा कार्यालयहरुमा मास्क लगाउन अनिवार्य गरिएको छ।

सार्वजनिक स्थान तथा कार्यालयमा थुक्नेलाई जरिवाना लगाइएको छ। विवाहमा अधिकतम ५० र अन्तिम संस्कारमा २० जनासम्म सहभागी हुन सक्छन्।

नेपालमा समय थपका हिसाबले यो छैटौं चरणको लकडाउन हो। संक्रमितको संख्या बढ्दै गएको, भौगोलिक रुपमा फैलिँदै गएको र दुई जनाको मृत्युसमेत भएकाले लकडाउन १० दिन थपिएको हो। साथै लकडाउन कार्यान्वयनमा पनि कडाइ गरिएको छ। कतिपय ठाउँमा सेनालाई नै सडकमा उतारिएको छ।

बीचमा केही दिन भने लकडाउन खुकुलो बनाइएको थियो। कृषि, निर्माण, औद्योगिक उत्पादन लगायत ३ दर्जनभन्दा बढी क्षेत्रमा लकडाउन खुकुलो बनाइएको थियो। तर, संक्रमण बढ्न थालेपछि पुनः कडाइ गरिएको छ।

आज (सोमबार) बिहानसम्ममा नेपालमा कोरोना संक्रमितको संख्या २९५ पुगेको छ। यीमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएका छन्।

उता भारतमा मृतकको संख्या ३ हजार २५, संक्रमित ९५ हजार ६ सय ९८ र निको भएका ३६ हजार ७ सय ९५ छन्।

कोरोना भाइरसको उद्गम स्थल मानिएको चीनको उहानमा भने ७२ दिनपछि लकडाउन खुलेको थियो।

प्रकाशित: May 18, 2020| 08:10 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।