बिहीबार, वैशाख ६, २०८१
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौं उपत्यकाका उद्योगी/व्यवसायीलाई विभागबाट सवारी पास

काठमाडौं उपत्यकाका उद्योगी/व्यवसायीलाई विभागबाट सवारी पास

उद्योग मन्त्रालयले आजबाट निजी क्षेत्रलाई सवारी पास वितरण प्रक्रिया सुरू गरेको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

काठमाडौंउद्योग मन्त्रालयले आजबाट निजी क्षेत्रलाई सवारी पास वितरण प्रक्रिया सुरू गरेको छ।

triton college

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य विभाग र उद्योग विभागले आजदेखि सवारी पास वितरण थालेका हुन्।

२४ वैशाखको मन्त्रिपरिषद्को बैठकले ४४ प्रकारका उद्योग व्यवसायलाई चल्न दिने निर्णय गरेसँगै उद्योगी/व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयबाट उद्योग व्यवसाय सञ्चालन गर्न सवारी पास लिएका थिए। तर सरकारले लकडाउनलाई झन कडा बनाउँदै १ जेठमा वितरण गरिएका सबै पास रद्द गरिएको थियो।

त्यसैले वाणिज्य विभागले व्यापारीक कम्पनी तथा फर्महरूलाई र उद्योग विभागले उद्योग प्रतिष्ठानहरूलाई पुन: सवारी पास वितरण गर्न थालेका हुन्।

उद्योग विभागका महानिर्देशक जिवनप्रकाश सिटौलाले सवारी पास लिन आउने सम्बन्धित उद्योगहरुले आफू आवद्ध भएको छाता संगठनको सिफारिस ल्याउनु पर्ने बताए।

corrent noodles
Metro Mart

त्यस्ता उद्योग र व्यवसायहरूका लागि उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्स, घरेलु तथा साना उद्योग महासंघ र उद्योग परिसंघले दिएको सिफारिस आवश्यक पर्नेछ।

उद्योग व्यवसायको सिफारिस संकलन गरेर छाता संगठनका प्रतिनिधिले नै पास लिने व्यवस्था गरिएको उनले बताए।

उद्योग व्यवसायको कर्पोरेट कार्यालयका लागि कुल कर्मचारीको संख्याको एक तिहाई र सवारी साधन एक चौथाई भन्दा माथि नहुने गरी सञ्चालनको अनुमति दिइने छ।

यस्तै, वाणिज्य विभागले खाद्य पदार्थ ढुवानी गर्ने कम्पनी, औषधि पसल, अनलाइनको माध्यमबाट व्यवसाय सञ्चालन गर्दै आइरहेको कम्पनीहरूलाई पनि पास दिने छ।

शव वाहन, एम्बुलेन्स, औषधीजन्य वस्तु, खाद्यान्‍न ओसारप्रसार गर्ने सवारी, माछा, कुखुरा तथा पशुपन्छीको आहार बोकेका सवारी साधानलाई पास आवश्यक पर्दैन।

प्रकाशित: May 17, 2020| 17:20 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।