बिहीबार, वैशाख १३, २०८१

संक्रमितले झुटो विवरण दिँदा ‘ट्रेसिङ’ मा समस्या

धनुषामा कोरोना संक्रमण पुष्टि भएका दुईजनाले झुटो विवरण दिएपछि कन्ट्याक ट्रेसिङमा समस्या भएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

जनकपुरधाम- धनुषामा कोरोना संक्रमण पुष्टि भएका दुईजनाले झुटो विवरण दिएपछि कन्ट्याक ट्रेसिङमा समस्या भएको छ।

triton college

शनिबार राति कोरोना संक्रमण पुष्टि भएका धनुषाका दुईजनाले ‘ट्राभल हिस्ट्री’ को झुटो विवरण दिएपछि कन्ट्याक ट्रेसिङमा समस्या भएको हो।

धनुषाको नगराइन नगरपालिका–९ घोडघासका २० वर्षीय र ६५ वर्षीय दुई पुरुष कोरोना संक्रमित रहेको शनिबार साँझ पुष्टि भएको थियो। उनीहरु वैशाख ३० देखि नगराइन नगरपालिकास्थित गंगुली क्वारेन्टिनमा छन् ।

आफूहरु वैशाख ३० गते चितवनबाट आएको भन्दै उनीहरुले झुटो विवरण दिँदा कन्ट्याक्ट ट्रेसिङमा समस्या भएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए।

उनीहरुले सुरुमा ‘साइकल चढेर चितवनबाट घरसम्म पुगेको’ विवरण क्वारिन्टन प्रशासनलाई दिएका थिए। तर, ती दुवैजना चितवनबाट नभएर भारतको मुम्बईबाट फर्किएको खुलेको छ।

corrent noodles
Metro Mart

‘एकजनाले आफू चितवनको भानुभक्त कलेजमा ओभरसियर पढ्दै गरेको विवरण दिएका छन्। साइकल चढेर त्यहाँबाट घरसम्म आइपुगेको बताएका रहेछन्,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘तर उनीहरुले झुटो बोलेछन्। क्वारेन्टिनमा राख्देलान् भनेर झुटो विवरण दिएको उनीहरुले भनेका छन्।’

पटकपटक केरकार गरेपछि उनीहरु दुवैजना वैशाख ३० गते भारतको मुम्बईबाट गाउँ फर्केको स्वीकार गरेको उनले बताए।

‘नाकामा कडाइ भएपछि चोरबाटो प्रयोग गरेर उनीहरु सीमा पार गरेका रहेछन्’, उनले भने, ‘तर गाउँ पुगेलगत्तै स्थानीयले प्रहरीलाई खबर गरेपछि दुवैजनालाई तत्काल क्वारेन्टिनमा भर्ना गरिएको थियो।’

क्वारेन्टिनमा भर्ना भएकै दिन वैशाख ३० गते दुवैजनाको स्वाब संकलन गरिएको थियो। भारतबाट फर्र्किएपछि उनीहरु केहीबेर घरमा बसेको बताइएको छ। मुम्बईमा उनीहरु दुवैजना मजदुरी गर्दै आइरहेका थिए।

उनीहरुले भारतबाट आएको सकारेपछि ट्रेसिङ टोलीले कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिसकेको बताइएको छ ।

प्रकाशित: May 17, 2020| 17:10 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।