शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितलाई खाना र पानीको अभाव : झन् बिरामी हुने डर

कोरोना संक्रमितलाई खाना र पानीको अभाव : झन् बिरामी हुने डर

पर्सामा कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा राखिएका व्यक्तिहरु कोरोनाले भन्दा पनि खाना र पानीको अभावले झनै बिरामी पर्न थालेका छन्।
 |  शनिबार, जेठ ३, २०७७

जियालाल साह

जियालाल साह

शनिबार, जेठ ३, २०७७

वीरगंज- पर्सामा कोरोना संक्रमण पुष्टि भई आइसोलेसनमा राखिएका व्यक्तिहरु कोरोनाले भन्दा पनि खाना र पानीको अभावले झनै बिरामी पर्न थालेका छन्।

triton college

कोरोना संक्रमित ९८ जना बिरामी सफा पानी र खाना र शौचालयको समस्याका कारण मानसिक तनावमा परेका हुन्।

मंगलबार कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बसिरहेका पत्रकार सुरेश बिडारीले आइसोलेसन वार्डमा खाना र पानीकै सबैभन्दा ठूलो समस्या रहेको बताए।

वीरगंजको नारायणी अस्पतालमा ७० जना संक्रमित छन् भने बाँकी संक्रमित सिद्धार्थ स्कुलमा बनाइएको आइसोलेसनमा छन्।

कोरोना संक्रमितहरुको रोग प्रतिरोधात्मक शक्ति बढाउन तातो पानीका साथै पोषिलो खाने कुरा दिनुपर्ने भए  पनि बिहान एउटा अण्डा, दिउँसो एउटा चाउचाउ तथा राती भात र पिरो तरकारी दिइने गरेको भन्दै आइसोलेसनमा रहेका बिरामीहरुले झनै बिरामी भइएला कि भन्ने चिन्ता व्यक्त गरेका छन्।

corrent noodles
Metro Mart

भर्ना हुने बितीकै काउन्सलिङ्गको व्यवस्था समेत नरहेकाले बिरामीहरु उच्च मनोबलका साथ बस्न नसकेको बिडारीको भनाइ छ। दिनमा एकपटक एक जना नर्स औषधि दिन मात्रै आउने गरेकाले दिनभरी उच्च मनोबलका साथ बिरामीहरु बस्न नसकेको उनी बताउँछन्।

एकाएक बिरामी बढ्दा समस्या

वीरगंजमा पहिलोपटक ३ जना भारतीयमा कोरोना संक्रमित पुष्टि हुँदा संक्रमितको खानपानलगायतको व्यवस्थापनमा खासै समस्या थिएन।

तर संक्रमितको संख्या बढ्दै जादाँ अस्पतालले त्यसैअनुसारको व्यवस्थापन गर्न नसक्दा बिरामीहरु झन समस्यामा पर्न थालेका हुन्।

बिरामी कुरुवा तथा असहाय बिरामीका लागि अस्पतालमा सञ्चालित मेसले एकाएक ठूलो संख्यामा थपिएका कोरोना संक्रमितलाई धान्न नसकेको अस्पतालले जनाएको छ। सामान्यतया यसअघि अस्पतालमा दैनिक १५÷२० जनालाई खाना खुवाउने गरिएकोमा खाना खुवाउनुपर्ने व्यक्तिको संख्या असामान्य रुपमा बढेकाले समस्या भएको अस्पतालको भनाइ छ।

शौचालयमा सरसफाइको कमी

ठूलो संख्यामा संक्रमित थपिएपछि शौचालय फोहोर हुन थालेको छ। शौचालय प्रयोग गर्ने बालबालिका पनि बढिरहेको र सरसफाइ कत्ति पनि नहुने गरेकाले बिरामीहरु झनै अप्ठेरोमा छन्।

सरसफाइका कर्मचारी पनि कम भएको र अतिरिक्त रुपमा थपिएको फोहोर व्यवस्थापनमा कठिनाइ भएको अस्पतालका डा. निरज सिंहले बताए।

‘सानो पाइला’ बिरामीलाई खाना खुवाउन ईच्छुक

अस्पतालमा बिरामी बढेर खानाकै व्यवस्थापन गर्न गाह्रो भएपछि एक संस्थाले आफूहरु सहयोग गर्न तयार रहेको बताएको छ। सानो पाइला नामक संस्थाका प्रमुख कार्यकारी अधिकृत कञ्चन झाले अस्पतालले अनुमति दिए आफूहरुले सहयोग गर्ने बताए।

संस्थाले आफ्नै पहलमा आइसोलेसनमा रहेका बिरामीलाई खाना खुवाउन तयार रहेको उनी बताउँछन्। लागू औषध दुव्र्यवसनी, चेलीबेटी बेचबिखनलगायत विभिन्न समाजिक काम गर्दै आएको सानो पाइलाले लकडाउन यता २० हजार भन्दा बढी सहयोगापेक्षीलाई खाना खुवाएको छ।

नारायणी अस्पताल र सिद्धार्थ माध्यमिक विद्यालयको आइसोलेसन वार्डमा रहेका विरामीहरुलाई दुईवटा मेस सञ्चालन गरी खाना खुवाउन आफूहरु तयार रहेको झाले बताए।

प्रकाशित: May 16, 2020| 17:30 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।