काठमाडौं- नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलेकका विषयमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति सच्याउन आग्रह गरेका छन्।
लिपुलेकका विषयमा भारतीय सेना प्रमुख मनोज नरवानेले दिएको अभिव्यक्ति नेपालको विरोधमा रहेको श्रेष्ठको भनाइ छ।
भारतीय सेना प्रमुख नरवानेले मानसरोवर जाने वास्तविक नियन्त्रित रेखा (एलएसी) लाई लिपुलेक हुँदै गएको उक्त सडक भारतकै रहेकोमा कुनै विरोधाभास नभएको अभिव्यक्ति दिएपछि पूर्वउपप्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले त्यसप्रति आपत्ति जनाएका हुन्।
प्रवक्ता श्रेष्ठले शनिबार समाजिक सञ्जालमा ट्वीट गर्दै भारतले दार्चुला र लिपुलेक क्षेत्रमा अवैध रुपमा सडक बनाएको विषयमा नेपालको विरोधमा भारतीय सेना प्रमुखले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै त्यसलाई सच्चाउन आग्रह गरेका छन्।