बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • 'काेराेना महामारी फैलिए सामान्य संक्रमितको उपचार घरमै'

'काेराेना महामारी फैलिए सामान्य संक्रमितको उपचार घरमै'

सरकारले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गए सामान्य संक्रमितलाई घरमै वा क्वारेन्टिनमा राखेर उपचार गर्ने तयारी गरेको छ।
 |  शनिबार, जेठ ३, २०७७

ज्योति अधिकारी

ज्योति अधिकारी

शनिबार, जेठ ३, २०७७

काठमाडौं- सरकारले कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गए सामान्य संक्रमितलाई घरमै वा क्वारेन्टिनमा राखेर उपचार गर्ने तयारी गरेको छ।

triton college

कोरोना भाइरसको संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएपछि सरकारले यस्तो तयारीमा जुटेको हो।

पछिल्लो विवरणअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २७६ पुगेको छ। यो संख्या बढ्दो छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले अहिलेका बिरामीमा जटिल प्रकृतिको संक्रमण नदेखिएको बताए। उनले भने, अरुमा संक्रमण नहोस् भनेर मात्रै उनीहरुलाई अस्पतालमा राखिएको हो। अन्य देशमा हाम्रो देशमा अहिले देखिएका संक्रमितलाई अस्पताल लगिएकाे छैन। क्वारेन्टिन वा घरमै राखिएकाे छ।'

संक्रमण बढ्दै गएमा संक्रमित भए पनि सामान्य अवस्थामा भएका बिरामीलाई क्वारेन्टिन वा घरमै बस्न अनुरोध गरिने मन्त्रालयले गरेको छ। 

corrent noodles
Metro Mart

सहप्रवक्ता डा. अधिकारीका अनुसार संक्रमितको संख्या बढ्यो भने बिरामीको अवस्था हेरेर अस्पताल लगिनेछ।

उनी भन्छन्, 'क्वारेन्टिनमै पनि अक्सिजन र भेन्टिलेटर जोडेर उपचार गर्नुपर्ने हुन सक्छ। तीन करोड जनसंख्यालाई धान्न सक्ने अस्पताल बनाउन सम्भव छैन, त्यसैले जसरी हुन्छ त्यसरी नै व्यवस्थित गरिनेछ।’

नेपालमा हाल शंकास्पदलाई क्वारेन्टिनमा राखिएको छ भने संक्रमितलाई अस्पतालमा राखिएको छ। संक्रमितको संख्या बढ्दै गए संक्रमित भएका तर गम्भीर लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राखिने डा. अधिकारी बताउँछन्। त्यस्ताे अवस्थामा हाल क्वारेन्टिनमा राखिएका मानिसलाई घरमा राखिनेछ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा हाल कोरोना संक्रमितमध्ये ८० प्रतिशत सामान्य छन् भने २० प्रतिशतका लागि विशेष निगरानी गर्नुपर्ने अवस्था छ।

तीमध्ये १५ प्रतिशत मात्रै जटिल प्रकृतिका छन्। तर नेपामा यो अवस्था आएको छैन। त्यसैले नेपाल सरकारले पनि त्यसैलाई आधार बनाएर योजना बनाएको डा. अधिकारी बताउँछन्।

स्वास्थ्य मन्त्रालयले २५ वटा अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि हब तोकेको छ। यस्तै १ सय २७ कोभिड क्लिनिक सञ्चालित छन्। १६ निजी क्लिनिक छन्।

कोभिडका अस्पताललाई तीन तहमा विभाजन गरिएको छ। पहिलो तहमा १३, दोस्रोमा १२ र तेस्रो तहमा ३ वटा अस्पताल तोकिएका छन्।

कस्ता बिरामीको उपचार कुन अस्पतालमा?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर अधिकारीका अनुसार सामान्य प्रकृतिका बिरामीलाई पहिलो तहको अस्पतालमा उपचार गरिन्छ।

दोस्रोमा तहका अस्पतालमा अलि जटिल बिरामीको उपचार गरिन्छ भने तेस्रो तहको अस्पतालमा गम्भीर प्रकृतिका बिरामीको उपचार गरिन्छ। अक्सिजन, भेन्टिलेटर आवश्यक पर्ने बिरामीलाई तेस्रो तहको अस्पतालमा उचार गरिन्छ।

यी हुन् हब अस्पताल

प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोसी अस्पताल र मेची अस्पताललाई कोरोना संक्रमितको उपचारका लागि हब अस्पतालका रुपमा तोकिएको छ।

प्रदेश २ का गजेन्द्र नारायणसिंह सगरमाथा अस्पताल, जनकपुर अस्पताल र नारायणी अस्पताल हब अस्पताल हुन्।
बागमती प्रदेशमा सबैभन्दा धेरै ८ वटा हब अस्पताल तोकिएका छन्।

तिनमा त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, वीर अस्पताल, सिभिल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीरेन्द्र अस्पताल, भरतपुर अस्पताल, धुलिखेल अस्पताल छन्।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र धौलागिरी अस्पताल तोकिएका छन्।

प्रदेश ५ मा ४ वटा हब अस्पताल तोकिएका छन्। ती अस्पतालमा भेरी अस्पताल, लुम्बिनी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती अञ्चल अस्पताल छन्।

कर्णाली प्रदेशमा प्रदेशीय अस्पताल सुर्खेत र कर्णली स्वास्थ्य विज्ञान प्रतिष्ठान हब अस्पताल हुन्। प्रदेश ७ मा डडेलधुरा अस्पताल, महाकाली अस्पताल र सेती अस्पताल हब अस्पताल हुन्।

कति छन् बेड?

सरकारले तोकेका यी सबै अस्पतालमा २६ हजार ९ सय ३० बेड छन्। यसमा आइसोलेसन बेड संख्या ३ हजार ७६ र आईसीयू बेड संख्या १ हजार ५ सय ९५ छ। भेन्टिलेटर ८ सय ४० वटा छन्।

प्रकाशित: May 16, 2020| 12:22 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।