मंगलबार, वैशाख ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • लिपुलेक अतिक्रमणबारे नेपाली सेनाले भन्यो, उपयुक्त मञ्चमा धारणा राख्छौं

लिपुलेक अतिक्रमणबारे नेपाली सेनाले भन्यो, उपयुक्त मञ्चमा धारणा राख्छौं

नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

काठमाडौं- नेपाली सेनाले भारतीय सेना प्रमुख जनरल मनोज नरवानेले लिपुलेक हुँदै कैलाश मानसरोवर जाने सडक निर्माणका सम्बन्धमा दिएको अभिव्यक्तिको उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने प्रतिक्रिया दिएको छ।

triton college

उक्त सडक निर्माणका सम्बन्धमा भारतीय सेना प्रमुखबाट आएको पछिल्लो अभिव्यक्तिका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले आवश्यकताअनुरुप नेपाली सेनाले प्रस्ट र जिम्मेवार ढंगबाट विधिसम्मत तथा उपयुक्त मञ्चमा आफ्नो धारणा व्यक्त गर्ने बताए।

भारतीय सेना प्रमुख नरवानेले एक कार्यक्रममा मानसरोवर जाने वास्तविक नियन्त्रित रेखा (एलएसी) लाई लिपुलेक हुँदै गएको उक्त सडकमा कुनै विरोधाभास नभएको अभिव्यक्ति दिएपछि नेपाली सेनाको उक्त प्रतिक्रिया आएको हो।

भारतले नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र अतिक्रमण गरी सडक निर्माण गरेको विषयमा नेपाल सरकारले आपत्ति जनाउँदै प्रतिक्रिया दिइसकेको छ।

यसअघि भारतले नेपालको उक्त क्षेत्रलाई आफ्नो राजनीतिक नक्सामा समावेश गरेकामा नेपाल सरकारसहित सम्पूर्ण राजनीतिक दलले उक्त नक्सा सच्याउन भारतीय सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए। –रासस

corrent noodles
Metro Mart

प्रकाशित: May 16, 2020| 07:18 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।