काठमाडौं- उपत्यकाका दुई जिल्ला भक्तपुर र ललितपुरले पनि यसअघि जारी गरेका सबै सावारी पास खारेज गरेका छन्।
दुबै जिल्लाका जिल्ला प्रशासन कार्यालयले शनिबारबाट लागू हुनेगरी लकडाउनमा प्रयोगमा ल्याइएको सबै पास खारेज गरेका हुन्।
शुक्रबार सूचना जारी गर्दै दुबै जिल्लाले उपत्यका बाहिरका जिल्लाबाट अत्यावश्यक कामका लागि आउनु पर्ने भएमा गृह मन्त्रालयको स्वीकृतिमा मात्र पास जारी गरिने जनाएका छन्। त्यसका लागि अत्यावश्यक कामको पुस्ट्याई खुलाएर पठाउनुपर्ने छ।
लकडलाउन कार्यान्वयनलाई थप कडाई गर्न भन्दै दुबै जिल्ला प्रशासनले गृह मन्त्रालयको पासबिना सवारी चलेको पाईएका कानुन अनुसार कारबाही गरिने जनाएका छन्।
बिहीबारको गृह मन्त्रालयको निर्देशन अनुसार उपत्यकाका तीनवटै जिल्लाले यस अघि जारी गरेका सबै पास खारेज गर्दै लकडाउनलाई कडाई गर्ने जनाएका छन्।