काठमाडौं- आगामी आर्थिक वर्षमा बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेटेलियम पाइप लाइनको निर्माण गर्ने भएको छ।
सरकारको नीति तथा कार्यक्रममा भारतको सिलगढीदेखि झापाको चारआलीसम्म पेट्रेलियम पाइप लाइनको निर्माण कार्य प्रारम्भ गर्ने उल्लेख छ। यस्तै चितवन, झापा, सर्लाहीमा पेट्रोलियम पदार्थ भण्डारण गरिने छ भने झापा र धनुषामा ग्यास बोटलि स्थापना गरिनेछ।