शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दर्ता नभएको औषधि ल्याउन लगाउने पशु चिकित्सकसहित ४ जनाविरुद्ध मुद्दा

दर्ता नभएको औषधि ल्याउन लगाउने पशु चिकित्सकसहित ४ जनाविरुद्ध मुद्दा

नेपालमा दर्ता नभएको भारतीय कम्पनीबाट उत्पादित औषधि आयातका लागि सिफारिस गर्ने एक पशु चिकित्ससहित चार जनाविरुद्ध अख्तियार दुरुपायोग अनुुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं- नेपालमा दर्ता नै नभएको भारतीय कम्पनीबाट उत्पादित औषधि आयातका लागि सिफारिस गर्ने एक पशु चिकित्ससहित चार जनाविरुद्ध अख्तियार दुरुपायोग अनुुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

triton college

पशु स्वास्थ्य चिकित्सालय, त्रिपुरेश्वरका प्रमुख पशु चिकित्सक डा. बलराम थापासहित चार जनाविरुद्ध अख्तियारले आर्थिक अनियमितताको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

थापाले नेपालमा दर्ता नै नभएको इन्डियन इम्युनोलोजिकल लिमिटेड नामक भारतीय कम्पनीबाट उत्पादित औषधी र औषधीजन्य पदार्थ आयातको लागि सिफारिस गरी आयात गराएको अभियोग अख्तियारले लगाएको छ।

थापाले आफू तथा औषधि व्यवसायीलाई गैरकानुनी लाभ लिन आफूले नपाएको ओहदा, अधिकार, हैसियत दाबी गर्दै नेपालमा दर्ता इजाजत नभएको कम्पनीबाट उत्पादित पशुपंक्षीजन्य औषधीहरू आयातको लागि सिफारिस गर्दै भन्सार कार्यालय वीरगञ्जलाई पत्र लेखेको खुलेको छ।

उक्त पत्र थापाले मुनाल बायोभेटका संचालक रेवतीरमण निरौलालाई उपलब्ध गराई पैठारी गर्न लगाएको खुलेको भन्दै अख्तियारले दुवै जनालाई हदैसम्मको जरिवाना र कैद सजाय मागदाबी गरेको छ।

corrent noodles
Metro Mart

यस्तै, सेवाग्राहीबाट लिएको घुससहित पक्राउ परेका नेपाल विद्युत प्राधिकरण, रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

दाहालले नयाँ क्षमता वृद्धिको मिटर जडानको लागि नियमानुसार राजस्व तिरी प्रक्रिया अगाडि बढाउँदा झन्झटिलो हुन्छ भन्दै सेवाग्राहीबाट २० हजार घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो।

यस्तै, तत्कालीन बल्थली खानेपानी उपभोक्ता समिति, काभ्रेका अध्यक्ष चेतनाथ भारतीविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। भारतीले प्राविधिकसँग मिलेर घुस लिएको खुलेको अख्तियारले जनाएको छ।

प्रकाशित: May 15, 2020| 14:04 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।