काठमाडौं– वाणिज्य बैंकहरूले तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरेका छन्।
चालु आर्थिक वर्षको नौ महिनामा प्रतिशतका आधारमा सबैभन्दा बढी कमाउने सेन्चुरी कमर्सियल बैंक हो। गत वर्षको सोही अवधिको तुलनामा सेन्चुरीले ४९.९६ प्रतिशतले नाफा बढाएको छ।
खुद नाफा नबिल बैकले तीन अर्ब १५ करोड रूपैयाँभन्दा बढी कमाएको भए पनि गत वर्षको तुलनामा १.०१ प्रतिशतले कमी हो।
त्यस्तै चालु आवको नौ महिनामा सिभिल बैंकले सबैभन्दा कम नाफा कमाएको छ। यो अवधिमा ३६ करोड रूपैयाँ नाफा कमाएको सिभिलको गत आवको तुलनामा पनि २७ प्रतिशतले कम हो।
एक सेयर बराबर (आधारभुत मूल्य १०० राखेर हेर्दा) सबैभन्दा बढी ‘रिटर्न’ दिने नबिल बैंक भएको छ। जसअनुसार नबिलले लगानीकर्तालाई एक सेयर बराबर ४५ रूपैयाँ ७५ पैसा दिनसक्छ।
हालको बजार मूल्यलाई आधार सिभिल बैंकले एक कित्ता बराबर ६ रूपैयाँ एक पैसा दिन सक्छ।
बैंकको प्रतिसेयर आम्दानी
बैंक नाम तेस्रो त्रैमासको नाफा नाफा (प्रतिशत) प्रतिशेयर आम्दानी
एभरेष्ट बैंक २ अर्ब ३५ करोड ६.१६ प्रतिशत रु ३७.०३
कृषि विकास २ अर्ब २ करोड –७.७८ प्रतिशत रु २६.५५
नविल बैंक ३ अर्ब १५ करोड –१.०१ प्रतिशत रु ४५.७५
नेपाल बैंक १ अर्ब ९९ करोड –११.०८प्रतिशत रु २७.१३
हिमालयन बैंक २ अर्ब ३१ करोड १५.०४ प्रतिशत रु ३२.९६
सेन्चुरी बैंक ९१ करोड ५७ लाख ४९.९६ प्रतिशत रु १४.५१
बैंक अफ काठमाडौं ८७ करोड ३४ लाख –२७.४९ प्रतिशत रु १३.६३
प्राइम बैंक २ अर्ब ३ करोड ३१.१८ प्रतिशत रु १९.३६
सिजिटन्स बैंक १ अर्ब ९ करोड २.०२ प्रतिशत रु १६.८७
नेपाल एसवीआइ १अर्ब ४३ करोड –१०.१४ प्रतिशत रु २१.४१
ग्लोवल आइएमइ २ अर्ब ७० करोड –२.०७ प्रतिशत रु २२.१६
नेपाल इन्भेष्टमेन्टः २ अर्ब ४९ करोड –३.७९३६ प्रतिशत रु २३.३८
सानिमा बैंक १ अर्ब ६१ करोड –१.७५ प्रतिशत रु २४.७७
प्रभू बैंक १ अर्ब ४६ करोड ०.८२ प्रतिशत रु १९.८९
लक्ष्मी बैंक १ अर्ब ८ करोड ५.८६ प्रतिशत रु १४.८१
एनएमबी बैंक १ अर्ब ८८ करोड १४.०६ प्रतिशत रु १८.६९
सनराइज बैंक ९३ करोड –२३.७१ प्रतिशत रु १३.९१
मेगा बैंक १ अर्ब ४५ करोड १९.५० प्रतिशत रु १८.८३
एनसीसी बैंक १ अर्ब १६ करोड ०.१५ प्रतिशत रु १६.६२
कुमारी बैंक १ अर्ब १ करोड ०.९३ प्रतिशत रु १२.५२
एनआइसी एसिया २ अर्ब ५० करोड ९.९२ प्रतिशत रु ३४.६८
माछापुच्छ्रे बैंक १ अर्ब १६ करोड –५.९६ प्रतिशत रु १८.३९
सिभिल बैंक ३६ करोड – २७ प्रतिशत रु ६.०१
नेपाल बंगलादेश १ अर्ब पाँच लाख –११.८६ प्रतिशत रु १६.१६
सिद्धार्थ बैंक १ अर्ब ३३ करोड १५.८७ प्रतिशत रु १८.९१
स्ट्यान्डर्ड बैंक १ अर्ब८० करोड ३.९२ प्रतिशत रु ३०
पढ्नुस्:
एक प्रतिशतले घट्यो बैंकहरूको नाफा