शुक्रबार, वैशाख १४, २०८१

जनार्दन शर्माले भने– सांसद विकास कोषको काम छैन

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरेका छन्।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद जनार्दन शर्माले स्थानीय पूर्वाधार विकास कार्यक्रम खारेज गर्न माग गरेका छन्।

triton college

शुक्रबार एक ट्विट गर्दै सांसद शर्माले राष्ट्रको समग्र विकास समेटिने गरी काम गर्न सांसद विकास कोष खारेज गर्न माग गरेका हुन्।

शर्माले ट्विटरमा भनेका छन्, “राष्ट्रको समग्र विकासको मूल रणनीतिभित्र सबै समेटिने गरी काम गरौं, छुट्टै सांसद क्षेत्र बिकास कोष चाहिँदैन।”

प्रतिपक्षी दलसहित सत्तापक्षका केही सांसदहरूले समय–समयमा सांसद विकास कोष खारेज गर्न माग गर्दै आइरहेका छन्। यो कोषमार्फत हरेक निर्वाचन क्षेत्रमा ६ करोड रूपैयाँ जाने गरेको छ।

उक्त रकम सदुपयोगभन्दा दुरुपयोग धेरै हुने गरेको व्यापक जनगुनासो आउने गरेको छ। सांसदले चुनाव लड्दा गरेको खर्च यही कोषको रकमबाट अशुल्ने गरेको आरोप लाग्ने गरेको छ।

corrent noodles
Metro Mart

प्रकाशित: May 15, 2020| 13:08 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।