आईएमएस ग्रुप कम्पनीले आफ्ना सबै कर्मचारीको कोरोना बिमा गरेको छ । कम्पनीले प्रतिकर्मचारी एक लाख रुपैयाँको स्वास्थ्य बिमा गराएको जनाएको छ । यदि कुनै कर्मचारीलाई कोरोना भाइरस लागेको देखिए बिमाले आर्थिक सहयोग पुर्याउनेछ ।
आईएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले कोरोना महामारीमा कम्पनीका प्रत्येक कर्मचारीलाई परिवारको सदस्यका रूपमा लिएको र यो कठिन समयमा सबै कर्मचारीहरूको हेरचाह गर्नु कम्पनीको उत्तरदायित्व भएको बताए ।