शनिबार, वैशाख ८, २०८१

जापानबाट ई–सेवा मनी ट्रान्सफरको सेवा सुरु

 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

triton college
corrent noodles
Metro Mart

 ई–सेवा मनी ट्रान्सफरले पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स कारोबार सुरु गरेको ई–सेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए ।

योसँगै अब जापानमा रहेका नेपालीहरूले ई–सेवा मनि ट्रान्सफरमार्फत सहज र सुरक्षित रूपले रकम पठाउन सक्ने कम्पनीले जनाएको छ । आगामी दिनहरूमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स कारोबार सुरु गरिने कोइरालाले बताए । 

 

ई–सेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापित गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित: May 15, 2020| 11:29 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्