बुधबार, वैशाख १२, २०८१

प्रदेश ५ मा 'कोभिड विशेष कृषि कार्यक्रम'

प्रदेश ५ सरकारले प्रदेशमा कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
 |  शुक्रबार, जेठ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २, २०७७

प्रदेश ५ सरकारले प्रदेशमा कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

triton college

प्रदेश सरकारले उक्त कार्यक्रमको लागि ५१ करोड १४ लाख रुपैयाँ समेत छुट्टयाइएको छ । सो रकम आगामी साउन मसान्तसम्म खर्च हुनेछ ।

कोभिड विशेष कृषि कार्यक्रममा कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैयाँ छुट्टयाइएको छ । लकडाउनका कारण सहरी क्षेत्रमा तरकारीको समस्या हुन नदिन स्थानीय पालिका र सहकारीहरुको सहकार्यमा प्रदेश सरकारले कृषि एम्बुलेन्स सञ्चालन गरिरहेको छ।

यसैगरी सरकारले कोभिड कृषि विशेष कार्यक्रममा बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी, प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने तयारी गरेको छ । त्यसका लागि १ करोड २० लाख रुपैयाँ खर्च गर्ने योजना बनाइएको छ। उक्त कार्यक्रमबाट ५ सय किसान लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सो कार्यक्रममा सहभागी हुनेले कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने र उक्त किसानलाई प्रति रोपनी ६ हजार रुपैयाँको दरले अनुदान दिने निर्णय गरेको छ ।

corrent noodles
Metro Mart

यसैगरी व्यावसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गरिने भएको छ । उक्त कार्यक्रम दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन हुनेछ । उक्त कार्यक्रमबाट ७ हजार लाभान्वित हुने अपेक्षा गरिएको छ ।

सो कार्य्रममा सहभागी हुन कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने र मल तथा बीउका लागि प्रति रोपनी ५ हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएको छ । यो कार्यक्रमका लागि १४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसैगरी सरकारले कोभिड–१९ का कारण विदेशबाट फर्केकाहरुको लागि प्रोत्साहन कार्यक्रम अन्तरगत २१ करोड ८० लाख खर्च गर्ने भएको छ । सो कार्यक्रम १०९ वटै पालिकामा गर्ने योजना रहेको छ ।

सो कार्यक्रममा व्यावसायिक खेतीका लागि मल विषादी, ससाना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गरिने भएको छ । उक्त कार्यक्रमको लागि प्रति किसान २० हजारका दरले सहयोग गरिने भएको छ । सो कार्यक्रमबाट १० हजार ९ सय लाभान्वित हुने अपेक्षा गरिएको छ ।

यसैगरी ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड छुट्टयाइएको छ । सो कार्यक्रममा २ हजार किसानलाई ३५ हजार रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएको छ ।

यसैगरी दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैयाँ छुट्टयाइएको छ । दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्यांक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैयाँका दरले अनुदान दिने व्यवस्था गरिएको छ ।

सरकारले बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैयाँ छुट्टयाएको छ । उक्त कार्यक्रम प्रदेशका सबै जिल्लामा सञ्चालन गर्ने र २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने लक्ष्य लिएको छ । उक्त कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित: May 15, 2020| 08:45 शुक्रबार, जेठ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।