बिहीबार, वैशाख १३, २०८१

६६ हजारले गरे 'कोरोना बिमा'

कोरोना बिमा योजनामा आकर्षण बढेको छ। सरकारले कोरोना जोखिम न्यूनीकरण गर्न भन्दै योजना अगाडि सारेको थियो।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

काठमाडौं- कोरोना बिमा योजनामा आकर्षण बढेको छ। सरकारले कोरोना जोखिम न्यूनीकरण गर्न भन्दै योजना अगाडि सारेको थियो।

triton college

बिमा समितिले मातहतका कम्पनीलाई वैशाख पहिलो साता कोरोनाको बिमा अनिवार्य रुपमा गर्न निर्देशन दिएको थियो।

यस योजनाअन्तर्गत वैशाख ३० सम्ममा ६६ हजारले बिमा गरिसकेका छन्।

पाँच हजार ५० बिमा लेखबाट ६६ हजार ८६० जनाको कोरोना बिमा गरिएको नेपाल  जीवन बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले जानकारी दिए। यसबाट बिमा कम्पनीले ३ करोड ६३ लाख शुल्क संकलन गरेका छन्।

कोरोनाको बिमा गर्दा निकै जोखिम हुने भन्दै अन्तर्राष्ट्रिय पुनर्बिमा कम्पनीहरुले पनि नेपालका बिमा कम्पनीहरुको पुनर्बिमा गर्न मानेका थिएनन्।

corrent noodles
Metro Mart

तर बिमा समितिको संयोजनमा २० वटा निर्जीवन बिमा कम्पनी र पुनर्बिमा कम्पनीले सहकार्य गरी कोरोना भाइरस बिमालेख सुरु गरेका थिए।

कोरोना बिमा लघुबिमा हो र यसबाट नाफा कमाउन सकिँदैन। हरेक कम्पनीले सामाजिक उत्तरदायित्वका आधारमा बिमा गरिरहेको अध्यक्ष पाण्डेले जानकारी दिए।

ग्रामीण क्षेत्रसम्म र न्यून आय भएका मानिसमा पनि कोरोना भाइरसको जोखिम बढेकाले उनीहरुलाई आर्थिक सुरक्षण प्रदान गर्न बिमा योजना अघि सारिएको समितिले जनाएको छ।

समितिले कृषि र घुम्ती बिमा सञ्चालन गर्न तोकिएका जिल्लाका कम्पनीहरुले अनिवार्य रुपमा कोरोना भाइरस बिमा लेखसमेत जारी गर्नुपर्नेछ ।

कोरोना भाइरसको बिमा लेखको १५ दिन प्रतिरक्षा अवधि तोकिएको छ। यस अवधि सकिएपछि पीसीआर रिपोर्ट पोजेटिभ देखिएमा बिमितले दाबी भुक्तानी प्राप्त गर्नेछन्।

समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इंले महाविपत्तिको बिमा नहुने भए पनि कम्पनीहरुको सामाजिक उत्तरदायित्व हुने भएकाले पोलिसी जारी गर्न निर्देशन दिइएको बताए।

कम्पनीले ५० हजार रुपैयाँ बिमांक बराबरको बिमा लेख जारी गर्दा एक जनाको मात्र सुरक्षणमा प्रतिव्यक्ति ५०० रुपैयाँ र परिवारका सबै सदस्यको बिमा गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ बिमा शुल्क लिन पाउनेछन्।

यसैगरी एक लाख रुपैयाँ बिमांक बराबरको बिमा पोलिसी जारी गर्दा व्यक्तिगत बिमामा एक हजार रुपैयाँ र परिवारका सबै सदस्यको गर्दा प्रतिव्यक्ति ६ सय रुपैयाँ बिमा शुल्क तोकिएको छ।

 

प्रकाशित: May 14, 2020| 18:36 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्