शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • लघुबिमा नगरे नयाँ बिमा कम्पनी खोल्न दिने अर्थमन्त्रीको चेतावनी

लघुबिमा नगरे नयाँ बिमा कम्पनी खोल्न दिने अर्थमन्त्रीको चेतावनी

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु रहेका बिमा कम्पनीहरुले लघुबिमा गर्न नमानेमा नयाँ बिमा कम्पनी दर्ता गरेर अगाडि बढ्ने चेतावनी दिएका छन् । उनले बिमा कम्पनीहरुले लघुबिमाको विस्तार र प्रवर्द्धनमा बेवास्ता गरेको भन्दै यस्ताे चेतावनी दिएका हुन् ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

अर्थमन्त्री डा. युवराज खतिवडाले चालु रहेका बिमा कम्पनीहरुले लघुबिमा गर्न नमानेमा नयाँ बिमा कम्पनी दर्ता गरेर अगाडि बढ्ने चेतावनी दिएका छन् । उनले बिमा कम्पनीहरुले लघुबिमाको विस्तार र प्रवर्द्धनमा बेवास्ता गरेको भन्दै यस्ताे चेतावनी दिएका हुन् ।

triton college

बिमा समितिको ५२ औ वार्षिकोत्सवका अवसरमा भिडियो कन्फेरेन्समार्फत् बोल्दै उनले बिमाको पहुँच २७ प्रतिशत बढे पनि लघुबिमाको विस्तार बढ्न नसकेको बताए ।

“बिमाको पहुँच २७ प्रतिशत पुग्यो भन्दै गर्दा लघुबिमाको विस्तारलाई पनि हामीले विश्लेषण गर्नुपर्छ,” उनले भने, “लघुबिमालाई प्राथमिकतामा राखेर पहुँच विस्तार गर्नुहोस्, भएका संस्थाहरुले काम गर्न सक्दैनन् भने नयाँ संस्था बनाएर अघि बढौंँ, लामो समय कुर्न सकिँदैन ।”

हाल सरकारको प्राथमिकतामा पशुबिमा, बाली बिमाका साथै साना तथा मझौला उद्योगको बिमा सरकारको प्राथमिकतामा रहेको उनले उल्लेख गरे । त्यस्तै उनले पुनर्बिमा कम्पनीले पनि राम्रो काम गर्न नसकेको जनाउँदै भने, “पसल मात्र थापेर हुँदैन, व्यवसाय विस्तार गर्न पनि ध्यान दिनुहोस्।”

मन्त्री खतिवडाले बिमा कम्पनीहरुको दावी भुक्तानी प्रक्रियामा अझै पनि सर्वसाधारणको गुनासो आएको भन्दै बिमा समितिलाई त्यस्तो गुनासो अन्त्य गर्नेगरी काम गर्न निर्देशन समेत दिए ।

corrent noodles
Metro Mart

उनले बिमा क्षेत्रको नियमनका लागि बिमा प्राधिकरण ऐन छिट्टै पारित हुने समेत बताए । विषयगत, भौगोलिक र संस्थागत रुपमा विविधिकरण गर्न जरुरी रहेकोमा उनको जोड छ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसले पार्ने प्रभाव न्यूनीकरणका लागि नियामक निकायबीच सहकार्य आवश्यक रहेको र यसका लागि छलफल गरिने बताए । उनले बिमाको दावी भुक्तानीका साथै विमितको हित संरक्षण, बिमा शिक्षा, चेतना विस्तारमा समेत अघि बढ्न आवश्यक रहेको उल्लेख पनि उल्लेख गरे ।
धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले बिमा क्षेत्रको दायरा बढाएर कर्जा बिमा, व्यवसाय बिमाका साथै व्यक्तिगत आवश्यक्ताका आधारमा पोलिसी जारी गर्न सुझाव दिए ।

नेपाल चाटर्ड एकाउन्टेन्टस् संस्थाका अध्यक्ष कृष्ण प्रसाद आचार्यले बिमा कम्पनीको कोषलाई उत्पादनमूलक तथा पूर्वाधार विकासका लागि प्रयोग गर्नुपर्ने बताए ।

बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बिमा क्षेत्रको विकास र विस्तारमा लागिरहेको बताए । उनले बिमाको पहुँच विस्तारसँगै कम्पनीहरुको संस्थागत सुशासन, पारदर्शीता, विमितको हितमा जोड दिइएको बताए ।

यसैगरी नेपाल बिमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेले कोरोनाका कारण विभिन्न व्यवसाय प्रभावित हुँदा निर्जीवन बिमा कम्पनीको व्यवसायमा पनि असर पर्ने बताए ।

जीवन बिमा संघ अध्यक्ष शिवनाथ पाण्डेले जीवन बिमा सबै नागरिकको आवश्यक्ता हो भन्ने कुरा राज्यले स्वीकार गर्नुपर्ने बताए । जीवन बिमाको दायरा विस्तार गर्न कर छुटको सिमालाई २५ हजारबाट बढाउनुपर्ने र न्यून आय भएका नागरिकको बिमा सरकारले गर्नुपर्ने उल्लेख गरे ।

कम्पनीहरुको बिमा कोष बैंकमा बसेको र त्यसको व्याजदरमा मात्र बिमा कम्पनीको आम्दानी निर्भर रहेको भन्दै उनले दिर्घकालिन बण्ड ल्याउन समेत सुझाव दिए ।

 

प्रकाशित: May 14, 2020| 17:45 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्