ब्राजिलमा पछिल्लो २४ घण्टा (बुधबार) कोरोना भाइरसको संक्रमणबाट ७४९ जनाको मृत्यु भएको छ। योसँगै त्यहाँ मृतकको संख्या १३ हजार नाघेको छ।
१३ हजार १४९ मृतकसँगै अब ब्राजिल कोरोनाबाट बढी प्रभावित छैटौं देश बनेको छ। अस्ति मंगलबार पनि त्यहाँ ८८१ जनाको मृत्यु भएको थियो।
ब्राजिलमा पछिल्लो २४ घण्टामा ११ हजार ३८५ नयाँ संक्रमण देखिएको छ। त्यहाँ अब संक्रमितको संख्या १ लाख ८९ हजार पुगेको छ।
बीबीसी