बिहीबार, वैशाख १३, २०८१

लकडाउनमा धमाधम हुँदैछ ट्राफिकमैत्री बोर्ड निर्माण

महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा ट्राफिकमैत्री सडक निर्माण र मर्मतसमेत जारी राखेको छ। महाशाखाले काठमाडौं उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा Stop, Look & Go लेखिएको संकेत बोर्डहरू २५० स्थानमा राखेको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं - महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवधिमा ट्राफिकमैत्री सडक निर्माण र मर्मतसमेत जारी राखेको छ। महाशाखाले काठमाडौं उपत्यकाको भित्री सडकबाट मुख्य सडकहरू निस्कने जक्सनमा Stop, Look & Go लेखिएको संकेत बोर्डहरू २५० स्थानमा राखेको छ।

triton college

यस्ता बोर्डहरू शंखमुल, बानेश्वर, कोटेश्वर, थापागाँऊ, अनामनगर, गौशाला, डिल्लीबजार, पुतलीसडक, कमलपोखरी, लाजिम्पाट, सोह्रखुट्टे, कालीमाटी, कंलकी, जावालाखेल, चापागाउँ आदि स्थानका सडकहरूमा राखिएका छन्।

ट्राफिक प्रहरी र कामदारहरुबीच भौतिक तथा समाजिक दूरी कायम राख्दै उच्च सतर्कता र सुरक्षाका उपायहरू अपनाउँदै काम भइरहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले बताए।

एसएसपी ढकालले भने, ‘सवारी चालकले भित्री सडकबाट मुख्य सडकहरूमा निस्कँदा पर्ख, हेर र जाउँ भन्ने ट्राफिक नियमको पालना नगर्दा त्यस्ता चोक जक्सनमा हुने सवारी दुर्घटना तथा ट्राफिक जामलाई न्यूनिकरण गर्न र चालकहरूलाई स्वअनुशासित बनाउन यस्ता बोर्डहरू राखेका हौं।’

उक्त बोर्डहरू नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले ५० थान र ग्लोबल आईएमई बैंकले २०० थान सामाजिक उत्तरदायित्व अन्तर्गत महाशाखालाई हस्तान्तरण गरेका हुन्।

corrent noodles
Metro Mart

कहाँ-कहाँ हुँदैछ सडकमा काम?

लकडाउनको समयमा सडक खाली भएको र गाडी नरोकी काम गर्न सहज हुने भएकाले ट्राफिकमैत्री सडक मर्मत तथा निर्माणका लागि महाशाखाले सरोकारवाला निकायहरूसँग नियमित रूपमा सहकार्य र समन्वय गरेको जनाएको छ।

अहिले सितापाईला-रामकोट, स्वयम्भू अजिमा हल अगाडि, भैसेपाटी-छम्पी, लुभु-लामाटार, चावहिल उकालो, जोरपाटी-बाग्मती कोरीडर सडकखण्डमा सडक मर्मत तथा पिचका काममा समन्वय र सहजीकरण भैरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले बताए।

त्यस्तै थलीबाट साँखु, नाम्गेल, जोरपाटी-गुहेश्वरी, खानी विभाग-गल्कोपाखा, चुच्चेपाटी, पुत्तलीसडक, अष्ट्रेलियन एम्बेसी अगाडि, चावहिल-मित्रपार्कका सडकखण्डहरूमा ढल, खानेपानी तथा फुटपाथका निर्माण, गौशाला-तिलगंगा, सेतोपुल-डिल्लीबजार र सेतोपुल-पुरानो बानेश्वर सडकखण्डमा रोड मार्किङ, ईमाडोल-टिकाथली सडकमा पुल निर्माण र कपनको एनसेल चोक-देउवाचोक सडकखण्डमा टेलिकमको काम, चुच्चेपाटी-चावहिल सडकखण्डमा मेलम्ची र विद्युतको काम समेत ट्राफिक प्रहरीको समन्वय एव सहजीकरणमा भइरहेको जानकारी श्रेष्ठले दिए।

उपत्यकाका सडकहरू लकडाउन सकिँदासम्म निकै चुस्त अवस्थामा हुने प्रवक्ता एसपी श्रेष्ठले बताए। ट्राफिक महाशाखा र सडक विभागले काठमाडौं उपत्यकाका धेरै सडक खण्डहरूमा सडक पिच र रोड मार्किङको काम सम्पन्न गरिसकेको छ।

प्रकाशित: May 13, 2020| 18:11 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।