शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • भीम रावल भन्छन्, मेरो कारण देखाएर स्थायी कमिटी स्थगित गर्नु भद्दा राजनीति

भीम रावल भन्छन्, मेरो कारण देखाएर स्थायी कमिटी स्थगित गर्नु भद्दा राजनीति

बुधबार बिहान ११ बजेका लागि डाकिएको सत्तारूढ नेकपा स्थायी कमिटी बैठक स्थगित भएकाे थियाे।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडाैं- नेकपा स्थायी कमिटी सदस्य भीम रावलले स्थायी कमिटीका सबै सदस्यका पीसीआर परीक्षण नभएकाले बैठक स्थगित गरियो भन्नु षड्यन्त्रकारी र गैरजिम्मेवार राजनीतिको भद्दा स्वरुप भनी टिप्पणी गरेका छन्।

triton college

बुधबार बिहान ११ बजेका लागि डाकिएको सत्तारूढ नेकपा स्थायी कमिटी बैठक स्थगित भएकाे थियाे। रावलले बैठक स्थगित हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीका एक सल्लाहकारले कोरोना भाइरस संक्रमित व्यक्तिसँग आफ्नो नाम जोडेकामा आपत्ति जनाएका हुन्।

नेता रावलले सामाजिक सञ्जालमा लेखेका छन्, 'मकहाँ एक महिनादेखि नरहेका र त्यसअघि पनि मेरो निकट सम्पर्कमा नरहेका प्रहरीमा कोरोना संक्रमण देखिनुलाई प्रधानमन्त्रीका सल्लाहारकाले मसँग केही नबुझी बैठक स्थगनको एउटा कारण हो भन्दै रेडियोमा फुक्न लगाउनु र स्थायी कमिटीका सबै सदस्यहरुको पीसीआर परीक्षण नभएकाले बैठक स्थगित गरियो भन्ने षड्यन्त्रकारी र गैरजिम्मेवार राजनीतिको भद्दा स्वरुप हो।'

उनले केही दिनअघि बालुवाटार निकट भनिएका सांसद र नेताहरुको भेला गर्दा पीसीआर परीक्षण नखोजिएको पनि स्मरण गरेका छन्।

नेता रावलले पार्टी विधानअनुसार तीनतीन महिनामा बस्नुपर्ने स्थायी कमिटी बैठक पाँच महिना बित्दा पनि बस्न नसकेको बताएका छन्। उनले भने, 'विधानअनुसार एक चौथाइ सदस्यहरुले बैठक माग गरेमा १५ दिनभित्र बोलाउनुपर्ने बाध्यात्मक बाध्यता छ। प्रधानमन्त्रीले बैठक बोलाउन नमानिरहनुभएको कुरा सार्वजनिक भइसकेको छ।' 

corrent noodles
Metro Mart

२५ गते बस्ने भनिएकाे बैठक २४ गते सचिवाल बैठकमा कुरा नमिल्दा स्थगित भएकाे थियाे। 

 

 

प्रकाशित: May 13, 2020| 16:49 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।