काठमाडौं- कोरोना भाइरस संक्रमण भएर चितवनमा उपचार गराइरहेकी ६३ वर्षीया महिला बुधबार डिस्चार्ज भएकी छन्। चितवनमा उनीसहित उनका २७ वर्षीय छोरा संक्रमित भएका थिए।
छोरा भने यसअघि नै निको भएर अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। उनीहरुको उपचार भरतपुरको सरकारी अस्पतालको आइसोलेसन वार्डमा गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयले चितवनले सूचना जारी गर्दै चितवन कोरोनाबाट मुक्त भए पनि आवश्यक सावधानी कामयै राख्न जिल्लावासीलाई अपिल गरेको छ। चैत ३ गते बेलायतबाट आएका यी आमाछोरालाई वैशाख ५ गते कोराना संक्रमण भएको पुष्टि भएको थियो। छाेरा भने वैशाख १३ गते डिस्चार्ज भएका थिए।