काठमाडौं– कपिलवस्तुमा थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तुका २२ वर्षीय युवामा संक्रमण देखिएको हो।
योसँगै देशभर संक्रमितको संख्या २१९ पुगेको छ। यसमध्ये ३४ जना संक्रमणमुक्त भइसकेका छन्।