शनिबार, वैशाख ८, २०८१

पढ्ने बानी लगाउन बुद्धिसागरका ९ टिप्स

पुस्तक छान्ने मेरो तरिका छ- पसलमा जाने, हरेक किताब बीचबाट पल्टाउने। कुनै न कुनै अध्याय तपाईंको रूचीको अवश्य फेला पर्नेछ। बीचको कुनै एक अध्याय मन पर्नु भनेको सम्पूर्ण किताब पढ्ने वातावरण बन्नु हो।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

लकडाउनले गर्दा पुस्तक पढ्न, चलचित्र हेर्न, गीत सुन्नको लागि प्रशस्त समय छ। तर, पढ्ने रहर भए पनि कतिपयलाई पुस्तक हेर्नै मन लाग्दैन। कसैलाई एक वा दुई पाना पढेपछि अगाडि पढ्न अल्छी लाग्छ।

triton college

पढ्न मन भएर पनि पढ्न नसकिरहेकाहरूको लागि लेखक बुद्धिसागरले पढ्न मन लगाउने केही उपाय सुझाएका छन्। यस्ता छन्  उनका सुझाव –

— पढ्न मन नलाग्नु भनेको अरू कुरामा ध्यान जानु हो। एक दुई पन्ना पढ्यो कि त निद्रा लाग्छ कि त तिनै पन्नामध्येको कुनै शब्दले अर्को कुनै स्मृतिमा गाँस्छ। स्मृतिमा हराउँदा हराउँदै, के पढें भनेर थाहै हुन्न। फेरि दोहोर्‍यानु पर्ने हुन्छ। दोहोर्‍याए पनि स्थिति उही हो। अब बुझ्नुस्— तपाईंको ध्यान अन्तै अरू केही कुरामा छ।

— कि तपाईं आफ्नो मनस्थिति बाहिरको किताबमा हुनुहुन्छ। किताब बेकार होइन, तर तपाईं त्यो किताब पढ्ने मुडमा हुनुहुन्न। म चाहिँ यस्तो बेला घरमा भएका धेरै किताब पढ्ने कोसिस गर्छु अलिअलि, तानेन भने अर्को पढ्छु, अर्को अर्को। कुनै न कुनैले अन्तिमसम्म पुर्‍याउँछ।

— भए रका किताब पढ्दा पनि तानेन भने कुनै एक किताब वाचनै गरेर पढ्छु भन्ने प्रतीज्ञा गर्छु र किताब स—स्वर पूरा पढ्ने कोसिस गर्छु। स–स्वरमा पढेको किताब पूरा गर्दासम्म अर्को किताब पढ्ने मुड र जाँगर तयार भइसकेको हुन्छ।

corrent noodles
Metro Mart

— किताब पठनलाई जीवनशैलीसित जोड्नुस्। हरेक दिनको कुनै समय किताब पठनलाई छुट्याउनुस्। त्यो समयमा पढ्ने कोसिस गर्नुस्। मुड नचले पनि यति पेज त पढ्छु भन्ने प्रतीज्ञा गर्नुस्। विस्तारै तपाईंलाई किताबको बानी पर्छ। सररर पन्ना पल्टने आवाजको बानी पर्छ।

— सधैं महान व्यक्तिले सिफारिस गरेका मात्रै किताब पढ्छु भन्ने धारणा नबनाउनुस्। त्यसैले आफैंले पनि पुस्तकको खोजी गर्नुस्। पुस्तक छान्ने मेरो तरिका छ- पसलमा जाने, हरेक किताब बीचबाट पल्टाउने। कुनै न कुनै अध्याय तपाईंको रूचिको अवश्य फेला पर्नेछ। बीचको कुनै एक अध्याय मन पर्नु भनेको सम्पूर्ण किताब पढ्ने वातावरण बन्नु हो।

— सधैं महान र प्रख्यात किताब पढ्छु भन्ने धारणा त्याग्नुस्। यो धर्तिका महान लेखक मध्येका एक मार्खेज गृहलक्ष्मी टाइपका पत्रिका पनि पढ्थे। पछिल्लो समयका नेपाली साहित्यका मुर्धन्य भनिने धेरै साहित्यकार प्रकाश कोविद र युधीर थापा पढेर आएका हुन्। काम सानो हुँदैन भनेजस्तो पुस्तक पनि सानो हुँदैन। जुन किताबमा तपाईंको मन बस्यो, त्यही अमूल्य पुस्तक हो।

— पुस्तकको मोटोपन र पातलोपनतिर पनि नजानुस्। स्वादको छ कि छैन एकपल्ट पन्ना उघारेर पढ्ने कोसिस गर्नुस्। आफ्नो स्वादको पुस्तक कहिल्यै पनि मोटो लाग्दैन। र, पातलो पुस्तक सबैको प्रिय पनि हुँदैन।

— मानौं, पुस्तक पढ्न मनै लाग्दैन। नपढ्नुस्। संसारमा कुनै पनि कुरा मन नलागेको गर्नु हुँदैन। तर, अर्काको नपढी, म आफ्नै मात्र लेख्छु भन्ने ढिपी चाहिँ गर्नु हुँदैन।

— भविष्यमा लेखक हुन्छु भनेर मात्र पुस्तक पढेर हुँदैन। हरेक क्षेत्रकाले पढ्नुपर्छ। अहिले त संसार इन्टरनेटले एक डल्लो भइसक्यो। तपाईं जुन क्षेत्रमा भए पनि पुस्तक पढ्ने गर्नुस्। नेपाली हुनुहुन्छ सकेसम्म नेपाली पढ्ने कोसिस गर्नुस्। किनभने तपाईं नेपालको सीमा काटेर नेपाली परिचय बोकेर अर्को सीमाभित्र पस्नुभयो भने तपाईंलाई अमेरिका, पाकिस्तान वा इजिप्टमाथि कसैले सोध्दैन, सोध्छ त नेपालमाथि। मलाई लाग्छ- नेपाल चिनाउने पुस्तक नेपाली भाषामा धेरै छन्।

ह्याप्पी रिडिङ !

प्रकाशित: May 13, 2020| 13:41 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।